इन्भेष्टमेन्ट बैंकले विदेशबाट ऋण ल्याएर लगानी गर्ने प्रकृया थाल्यो, आइएफसीसँग समझदारी

बिजमाण्डू
२०७५ जेठ ९ गते १६:२५ | May 23, 2018
इन्भेष्टमेन्ट बैंकले विदेशबाट ऋण ल्याएर लगानी गर्ने प्रकृया थाल्यो, आइएफसीसँग समझदारी
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले विदेशबाट पैसा ल्याएर नेपालमा ऋण लगानी गर्न ईन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी) सँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका आवाशीय प्रतिनिधि एमरेहान रशिदले हस्ताक्षर गरेका छन्। 


 
सम्झौतापछि इन्भेष्टमेण्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ। अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनु पर्ने प्रावधान छ। सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने पाण्डेले बताए। आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्ने उनले बताए। 
 
यसअघि इन्भेष्टमेण्ट बैंक र आइएफसीबिच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ। व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए। प्राप्त रकम नेपाली साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life