सिप्रदीले ल्यायो गाडीको अक्सन मेला, अधिकतम बोली लगाउनुस् मन परेको गाडी आफ्नो बनाउनुस्

बिजमाण्डू
२०७५ जेठ ९ गते १६:४४ | May 23, 2018
सिप्रदीले ल्यायो गाडीको अक्सन मेला, अधिकतम बोली लगाउनुस् मन परेको गाडी आफ्नो बनाउनुस्

काठमाडौं। नेपालकालागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडीको अक्सन मेला आयोजना गर्ने भएको छ। कम्पनीले जेठ ११ र १२ गते काठमाडौंको थापाथलीमा अक्सन मेला गर्न लागेको बिज्ञप्तीमार्फत जनाएको छ।

Tata
GBIME
Nepal Life

नेपालमा पहिलो पटक हुन लागेको अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी गाडीहरु समावेश हुने कम्पनीले जानकारी दिएको छ।  
 
सेकेण्ड ह्याण्ड गाडीहरुको बिक्री वितरण तथा सट्टापट्टा गर्दै आएको सिप्रदी अस्योर्डले गर्ने मेलामा ग्राहकले मन परेका गाडीहरुको अधिकतम बोली लगाइ किन्न सक्ने बताइएको छ।

अक्सन मेलामा वारेण्टी सहित गाडीहरुको नामसारी पनि गरिने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।