कित्ताकाट र तरलताले उपत्यका बाहिर पनि घट्यो कारोबार, प्रदेश राजधानीमा पनि छैन रौनक

बिजमाण्डू
२०७५ जेठ १० गते १०:०० | May 24, 2018
कित्ताकाट र तरलताले उपत्यका बाहिर पनि घट्यो कारोबार, प्रदेश राजधानीमा पनि छैन रौनक

काठमाडौं।कित्ताकाटमा प्रतिवन्ध र वित्तीय क्षेत्रको तरलता अभावले उपत्यका वाहिर पनि घरजग्गा कारोबारमा मन्दी छाएको छ।

Tata
GBIME
Nepal Life

गत साउन २६ गते भूमीसुधार मन्त्रालयले गरेको कृषियोग्य जग्गाको खण्डिकरण रोक्न अनुमति लिएर वा नलिएर कुनैपनि किसिमले जग्गा प्लटिङमा रोक लगाउने निर्णयले कारोबारमा ब्रेक लागेको थियो।वैशाखमा देशभरिनै घरजग्गा कारोबारको राजस्व ४३ करोड कम राजस्व उठेको छ।वैशाखमा १ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन भएको छ।चैतमा २ अर्ब ६ करोड घरजग्गा कारोबारबाट राजस्व उठेको थियो।उपत्यका वाहिर मात्रै वैशाख महिनामा १ अर्ब मात्रै राजस्व उठेको छ।चैतमा उपत्यका बाहिर १ अर्ब २० करोड राजस्व उठेको थियो।

तीनै तहको निर्वाचन सकिएपछि अस्थायी प्रदेश राजधानी सिफारिस भएपछि कारोबार केही बढ्यो तर यो स्थायी भने भएन।वैशाखमा सबैभन्दा धेरै प्रदेश ३ को राजधानी हेटौंडाको कारोबारमा गिरावट आएको छ।वैशाखमा हेटौंडामा ३ करोड ६५ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।चैतमा ५ करोड ४० लाख राजस्व संकलन भएको थियो।

प्रदेश २ को राजधानी जनकपुरमा वैशाखमा २ करोड ६४ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।जनकपुरमा चैतमा ३ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।वैशाखमा प्रदेश १ को राजधानी विराटनगरबाट ४ करोड ५३ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। विराटनगरमा चैतमा चार करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

कर्णाली प्रदेशको राजधानी सुर्खेत मालपोत कार्यालयले २ करोड ५१ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यो कार्यालयले चैतमा दुई करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।प्रदेश ४ को राजधानी पोखराले भने दुवै महिनामा समान चार करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।प्रदेश ७ को राजधानी धनगढीको कारोबारमा भने सामान्य वृद्धि भएको छ। चैतमा दुई करोड ८० लाख रुपैयाँ मात्र राजस्व संकलन भएको वैशाखमा दुई करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरि प्रदेश ५ को राजधानी बुटवलको कारोबारमा पनि समान्य वृद्धि भएको छ। बुटवलले चैतमा चार करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा वैशाखमा चार करोड ६० लाख रुपैयाँ संकलन गरेको छ।