हकप्रदको निस्सा कारोबार विनियमावली स्वीकृतिकालागि बोर्डमा पुग्यो, कहिले होला कारोबार

बिजमाण्डू
२०७५ जेठ १० गते १०:४२ | May 24, 2018

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले हकप्रदको निस्सा कारोवार विनियमावली स्वीकृतिकालागि नेपाल धितोपत्र बोर्ड पठाएको छ। गत सोमबार नेप्सेले 'हकप्रद शेयरको निस्सा कारोबार बिनियमावली,२०७४' लाइ स्वीकृतिकोलागि बोर्डमा पठाएको हो।

Tata
GBIME
Nepal Life

हकप्रद निस्सा कारोबार गरेर धितोपत्र कारोबारमा नयाँ अध्यायको सुरुवात गर्ने योजना सार्वजनिक गरेको नेप्सेले एक दशकपछि आफ्नै सक्रियतामा पून नयाँ बिनियामवली तयार परेर स्वीकृतिकालागि बोर्ड पठाएको हो।

बिनियमावली स्वीकृत भएसँगै हकप्रदको निस्सा कारोवार सुरु गर्ने योजना नेप्सेको छ। यसकालागि नेप्सेले आन्तरिक गृहकार्य र  छलफललाइ तिव्रता दिएको छ। नेप्सेको योजना अनुसार हकप्रदको निस्सा कारोवारलाई केन्द्रीय निक्षेप प्रणालीको समन्वयमा "अटोमेटेड" गराउने योजना नेप्सेले बनाएको छ। हाल नेप्सेले विकास गरिरहेको नयाँ अनलाइन प्रणाली मार्फतनै निस्सा कारोबार गराउने योजना नेप्सेको छ।

यस अघि कागजी रुपमै कारोवार गराउनुपर्ने बाध्यताका कारणपनी हकप्रदको निस्सा कारोवार प्राथमिकतामा परेको थिएन। प्रविधिको विकास सँगै कारोवार गराउन सहज हुने भएकोले पनि पछिल्लो चरणमा हकप्रदको निस्सा कारोबारलाई नेप्सेले प्राथमिकता दिँदै अगाडि बढाएको हो।

हाल लगानीकर्ताले हकप्रदमा लगानी गर्ने रकम अभाव भएमा कि त दोस्रो ब्यक्तिलाई उसले तोकेको मूल्यमा आफ्नो हक हस्तान्तरण गर्नुपर्छ वा रकम अभावकै कारण हकप्रद माया मार्नु पर्ने अबस्था छ।

हक हस्तान्तरण गर्नुपर्ने भए धितोपत्र दर्ता तथा निष्कासन नियमावली,२०६५ ले हक हस्तान्तरण गर्ने व्यवस्था रहेको छ। सोहि व्यवस्था अनुसार साविक शेयरधनीले शेयर रजिष्टार मार्फत एक प्रतिशत शुल्क तिरेर हक हस्तान्तरण गर्दै आएका छन्।

दोस्रो बजारमा हकप्रदको निस्सा कारोबार भएसँगै लगानीकर्ताले आफ्नो हकको सहि मूल्य प्राप्त गर्ने छन्। कारोबारबाट सदस्य दलाल कम्पनीले निश्चित कमिसन प्राप्त गर्नुका साथै सरकारले समेत कम्पनीबाट आयकरसँगै पूँजीगत लाभकर समेत प्राप्त गर्ने छ।

यस अघि २०६५ साल असार २७ गते नेप्सेले हकप्रदको निस्सा कारोबार बिनियमाबली, २०६५ तयार गरी नेपाल धितोपत्र बोर्ड पेश गरेपनि स्वीकृति नपाएका कारण कारोबार सुरु हुन सकेको थिएन।