ग्लोबल कि टेक्नोलोजीको मोबाइल एप रिचार्जर अपडेटेड भर्सनमा, सगरमाथामा झन्डा फहराइयो

बिजमाण्डू
२०७५ जेठ १० गते ११:५२ | May 24, 2018
ग्लोबल कि टेक्नोलोजीको मोबाइल एप रिचार्जर अपडेटेड भर्सनमा, सगरमाथामा झन्डा फहराइयो


काठमाडौं। ग्लोबल कि टेक्नोलोजी प्रालिले सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा ल्याएको छ। ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्व अग्लो सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा ल्याइएको थियो। 


 
रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन २३ वर्षीय नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका थिए। मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन्। उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्षअ लाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवनअन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए।


 
नेपालमा ब्राण्डेड अनलाइनशपिंग हबमा बलियो उपस्थिति जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो। यो एप्सबाट सामानखरिद गर्दा शत प्रतिशत क्यास व्याक पाउनका लागि एप्प्लको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ। यसरी खाताखोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने छन्। 
 
‘५ वर्षको रिसर्चपछि तयार पारिएको रिचार्जरको नेपालमा अरु विकल्प छैन भन्ने सन्देश दिनका लागि काम गर्दैछौं’ ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने।
 

Tata
GBIME
Nepal Life