प्राथमिकता प्राप्त ऋणमा लक्ष्य पुरा भएन, औषधि र सिमेन्ट उद्योगमा ऋणको अत्याधिक माग

बिजमाण्डू
२०७५ जेठ १० गते १४:५९ | May 24, 2018
प्राथमिकता प्राप्त ऋणमा लक्ष्य पुरा भएन, औषधि र सिमेन्ट उद्योगमा ऋणको अत्याधिक माग


काठमाडौं। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुमार्फत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न भनेपनि उनीहरुले अटेर गरेको तथ्यांकले देखाएको छ। केन्द्रीय बैंकले बिहीबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै २५ प्रतिशतको लक्ष्यमा २१.७ प्रतिशत मात्र हाँसिल भएको जनाएको छ।


 
कृषिमा १० प्रतिशतको लक्ष्य छ। यसमा ७.३ प्रतिशत मात्र हात लाग्यो। अन्य क्षेत्रमा भने लक्ष्यभन्दा बढि लगानी भएको छ। ५ प्रतिशतको लक्ष्यमा ७.६ प्रतिशत हाँसिल भएको हो। यो कुल लगानीको अंशमा प्रतिशत निकालिएको हो।
 
अन्यअन्तर्गतको औषधि र सिमेन्ट उद्योगमा ऋणको माग बढेकाले लक्ष्यभन्दा बढि पैसा लगानी भएको राष्ट्र बैंकले जनाएको छ। 
 

Tata
GBIME
Nepal Life