१० अंकले घटेको शेयर बजारमा ३७ करोडको कारोबार, किन थामिएन बजारको गिरावट

बिजमाण्डू
२०७५ जेठ १० गते १५:३९ | May 24, 2018

काठमाडौं। आइतबार देखिनै घटेको शेयर बजारमा कारोवारको पाँचौ दिनपनि उत्साह देखिएन। बिहीबार नेपाल स्टक एक्सचेन्जको कारवबार मापक सूचक १०.०५ अंकले घटेर १३१८.२२ अंकमा ओर्लिएको छ। यसैगरी क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१३ अंकले घटेर २७७.८९ अंकमा झरेको छ।

Tata
GBIME
Nepal Life

कारोवारको पहिलो दुई घण्टा सामान्य देखिएको बजार अन्तमा दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो। बिहीबार एक सय ६१ कम्पनीका सात लाख ९१ हजार कित्ता शेयर ३७ करोड ३५ लाख रुपैयाँमा कारोवार भयो। सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको दुई करोड ३३ लाख रुपैयाँ बराबरको कारोवार भयो।

उपसूचक मिस्रित देखिएका छन्। १० समुहको कारोवारमा आठ समुह घटेका छन् भने दुइ समुह बढेका छन्। बैंक ७.४६, होटल ४.९३, विकास बैंक १४.५३, जलविद्युत १२.७१, फाइनान्स ०.६३, बीमा ६२.३४, अन्य ४.७७ र लघुवित्त ३३.९८ अंकले घटेका छन्। ट्रेडिङ २.९६ र उत्पादनमुलक समुह ०.४९ अंकले बढेका छन्।

घटेको बजारमा सबैभन्दा बढी जेविल्स फाइनान्सका शेयरधनीले करिव ६ प्रतिशत कमाए भने किसान माइक्रोफाइनान्सका शेयरधनीले करिव ६ प्रतिशत गुमाए।