टिसिएलले ल्यायो ५५ इन्चको नयाँ टेलिभिजन सेट, मनपरेका कार्यक्रम सेभ समेत गर्न मिल्ने

बिजमाण्डू
२०७५ जेठ १८ गते १०:५० | Jun 1, 2018

काठमाडौं। टिसिएल टिभीको अधिकृत विक्रेता इओएल प्रालिले टिसिएल एस ६ र एस ६२ सार्वजनिक गरेको छ। ५५ इन्चको टिभीमा १९२०*१०८० रिजोलुसन रहेको कम्पनीले बताएको छ।

Tata
GBIME
Nepal Life

एक गिगाअर्ज प्रोसेसर रहेको स्मार्ट टिभीमा छ जिबीको इन्टर्नल बोर्ड स्टोरेज रहेको छ। आफूलाई मनपरेको चलचित्र, संगीत, कार्यक्रम टिभीमै सेभ गर्न सक्ने सुविधा समेत भएको कम्पनीले जनाएकोछ।  

चौधरी ग्रुप अन्तर्गत रहेको इ.ओ.एल प्रा.लिले टि.सि.एलसँगको सहकार्यमा एलइडी टीभीमा दुई वर्षको वारेण्टी र एक वर्षको सर्भिस वारेण्टी दिएको जनाएको छ।  कम्पनीका अनुसार उक्त अफर कर्भ टीभि र युएचडी टीभिमा लागू हुने छैन।  

तीस वर्ष अघिदेखि जोइन्टभेन्चर कम्पनीमार्फत स्थापना भएको कम्पनीले अडियो टेप, टेलिफोन देखि स्मार्ट टेलिभिजनसम्म उत्पादन गरि विक्री गर्दै आएको कम्पनीले बताएको छ।

चौधरी ग्रुप अन्तर्गतको इओएल प्रा.लि ले विगत पाँच वर्ष देखि टिसीएल ब्राण्डका होम एप्लायन्स विक्री गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।