डिस होमले ल्यायो भ्वाइस अफ नेपाल, गायन रियालिटी शो रमाइलो टिभीमा प्रशारण हुने

बिजमाण्डू
२०७५ जेठ १८ गते ११:१० | Jun 1, 2018

काठमाडौं। डिस होमको प्रायोजनमा नेदरल्याण्डको गायन रियालिटी शो द भ्वाइसको नेपाली संस्करण भ्वाइस अफ नेपाल प्रशारण हुने भएको छ।

Tata
GBIME
Nepal Life

साउनको पहिलो हप्तादेखि प्रशारण सुरु हुने कार्यक्रमको ३० वटा भाग प्रशारण हुने बताइएको छ। डिस होमले प्रायोजन गरेको कार्यक्रम रमाइलो टिभीमा प्रशारण हुने बताइएको छ।

एच डी तथा एस डी प्याकेजहरु दिँदै आएको डिस होम डिजिटल टिभी सेवा हो । यसलाई शहरी क्षेत्र वा ग्रामीण भेगमा पनि सहजै जडान गर्न सकिने कम्पनीले जनाएको छ।