क्यास्ट्रोल भेक्टन नेपालमा, सबै किसिमका गाडीमा ३० प्रतिशत बढी परफर्मेन्स दिने दावी

बिजमाण्डू
२०७५ जेठ १८ गते १६:०५ | Jun 1, 2018

काठमाडौं। क्यास्ट्रोल लुब्रिकेन्टको अधिकृत बिक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले बिहीबारदेखि क्यास्ट्रोलको नयाँ लुब्रिकेन्ट 'क्यास्ट्रोल भेक्टन' ल्याएको छ।

Tata
GBIME
Nepal Life

समय, प्रविधी र ग्राहकको माग अनुसार क्यास्ट्रोल भेक्टन नेपाली बजारमा ल्याइएको कम्पनीका प्रवन्ध निर्देशक ज्ञानप्रसाद कर्माचार्यले बताए।
अटोमेकानिक्स व्यवसायी संघ, नाडा अटोमोवाइल्स एशोसिएससन, नेपाल हेभी इक्विपमेन्ट महासंघका उच्च पदाधिकारीले क्यास्ट्रोल भेक्टन सार्वजनिक गरेको  विज्ञप्तिमा उल्लेख छ। 

भल्भो, मर्सिडिज बेन्ज, टाटा लगायतका गाडी प्रयोगकर्ताले आधिकारीक रुपमा प्रयोग गर्दै आएकाले दुबईमा उत्पादित क्यास्ट्रोल भेक्टन उत्कृष्ट रहेको कन्ट्री म्यानेजर पन्चानन राउतले बताए।

कम्पनीका अनुसार 'सिस्टम फाइभ टेक्नोलोजी' प्रयोग गरिएको क्यास्ट्रोल भेक्टन मल्टीग्रेड डिजल इन्जिन आयलले ३० प्रतिशत बढी पर्फमेन्स दिनेछ।

युरो दुई देखि पाँच सम्मका सबै सवारीसाधनमा क्यास्ट्रोल भेक्टन प्रयोग गर्न सकिने कम्प्नीले जनाएको छ। कम्पनीका अनुसार उक्त लुब्रिकेन्ट नेपालमा चल्ने यातायात, ढुवानीमा प्रयोग हुने हेभि गाडीमा प्रयोग गर्न सकिन्छ।