फेसबुकका लगानीकर्ताले एकै दिन १० अर्ब गुमाए, जुकेरवर्गले मात्रै २ अर्ब २० करोड

बिजमाण्डू
२०६९ साउन १३ गते ००:०० | Jul 28, 2012
फेसबुकका लगानीकर्ताले एकै दिन १० अर्ब गुमाए, जुकेरवर्गले मात्रै २ अर्ब २० करोड

क्यालिफोर्निया । फेसबुकको लगानीकर्ताहरुले एकै दिन १० अर्ब अमेरिकी डलर गुमाएका छन् । विहिबार कम्पनीले अपेक्षाभन्दा धेरै आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसले लगानीकर्तालाई विश्वासमा राख्न सकेन । कम्पनीले चालु त्रैमास(जुलाई–सेप्टेम्वर)को अनुमानित आम्दानी सावर्जनिक नगरे पछि लगानीकर्ता कम्पनीको भविष्यप्रति निराश भएका हुन्, यसले फेसबुकको सेयर मूल्य उच्च दरमा घटेको छ ।
अमेरिकी स्टक एक्सचेञ्ज नाज्डाकमा सूचीकृत भएपछि फेसबुकले पहिलो पटक त्रैमासिक वित्तीय विवरण सार्वजनीक गरेको हो । विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो त्रैमासनको तुलनामा ३२ प्रतिसत बढेको थियो । दोस्रो त्रैमासमा कम्पनीको आम्दानी वृद्धि भएर एक अर्ब १८ करोड डलर पुगेको छ ।
आम्दानीमा भएको बृद्धिका वावजुद पुँजीगत खर्च बढेका कारण कम्पनीले १५ करोड ७० लाख डलर नोक्सानी व्यहोरेको छ । दोस्रो त्रैमासमा कम्पनीको पुँजीगत खर्च अघिल्लो त्रैमासको तुलनामा तीन गुणाले बढदै ४१ करोड ३० लाख डलर पुगेको छ ।   शुक्रबार कम्पनीको सेयर मूल्य १७ प्रतिसतले  घटेको छ । मूल्यमा उच्च गिरावट आएपछि गत मे महिनामा नाज्डाक मार्फत १०० अर्ब डलर बराबराबरको आईपिओ गरेको कम्पनीको मार्केट क्यापिटलाईजेसन आधा भन्दा धेरै घटेर ४८ अर्ब डलरमा आएको छ ।
सेयर मूल्य घटेका कारण एक दिन कम्पनीका संस्थापक एव सिईओ मार्क जुकेरवर्गले मात्रै २ अर्ब २० करोड डलर गुमाए । प्रति सेयर ३८ डलरमा स्टक बजारमा प्रवेश गरेको कम्पनीको मूल्य हालसम्म ४० प्रतिसतले घटेको छ । नाज्डाकमा उच्च कारोबार हुने कम्पनीमा पर्ने फेसबुकको शुक्रबार मात्रै पाँच करोड २० लाख कारोबार भएको थियो । शुक्रबार विहान हालसम्मकै न्यून प्रति सेयर २२ डलर २८ सेन्ट पुगेको भए पनि पछि केहि सुधार आउँदा क्लोजिङ प्राईस बढेको थियो ।
पछिल्लो समयमा मोबाईल डिभाईसहरुमा फेसबुक प्रयोग गर्नेहरुको संख्यामा उच्च दर बृद्धि भईरहँदा कम्पनीले कसरी आम्दानी गर्ला भन्ने चासो लगानिकर्तामा छ । फेसबुकको मोबाईल भर्सनमा विज्ञापनको मात्रा न्यून हुने वा कतिपयमा हुँदै नहुनाले लगानीकर्ता चिन्तित छन् । कम्पनीले केहि समय अघि देखि मात्रै माबाईल भर्सनमा विज्ञापनहरु दिन सुरु गरेको छ । यद्यपि यसबाट प्राप्त हुने आम्दानी न्यून रहेको छ । आठ वर्ष अघि स्थापना भएको यो कम्पनीमा सक्रिय प्रयोगकर्ताहरुको संख्या जुन महिनामा ९५ करोड ५० लाख थियो ।

Tata
GBIME
Nepal Life