ओपेरा प्रयोगकर्ताको संख्या २० करोड नाघ्यो, अफ्रिकामा मिनीले गर्यो क्रान्ति

बिजमाण्डू
२०६९ साउन १६ गते ००:०० | Jul 31, 2012
ओपेरा प्रयोगकर्ताको संख्या २० करोड नाघ्यो, अफ्रिकामा मिनीले गर्यो क्रान्ति

लण्डन । मोबाईल ब्राउजिङमा एकछत्र राज्य गरिरहेको ओपेराले आफ्ना प्रयोगकर्ताको संख्या २० करोड पुगेको बताएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले बढि हो । प्रयोगकर्ताहरुको संख्यामा दोब्बर बृद्धि गर्न सफल ओपेराले पेजभ्युको संख्यामा भने दोब्बरभन्दा बढि वृद्धि भई १५० अर्ब पुगेको जनाएको छ ।
नर्वेजियन कम्पनीका अनुसार गत वर्ष अफ्रिकी मुलुकहरमा मोबाईल इन्टरनेटको प्रयोग बढेका कारण ओपरा मिनी प्रयोग गर्नेको संख्यामा उच्च बृद्धि भएको हो । कम्पनीले डेक्स्टपकालागि ओपरा वेब ब्राउजर र मोवाइलका लागि  ओपेरा मिनी र स्मार्टफोनका लागि ओपेरा मोबाईल उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार लिविया, आईभरी कोष्टजस्ता देशमा ओपेरा मिनीको प्रयोग उच्च दरमा बढेको छ ।
ओपेराका अनुसार अफ्रिकी मुलुकमा फेसबुक सर्वाधिक लोकप्रिय साईट हो । अल्जेरिया, अंगाला र गुयना मात्रै यस्ता तीन देश हुन जहाँ फेसबुकभन्दा धेरै गुगल हेरिन्छ । अन्यत्र फेसबुकको राज छ । फेसबुकले ओपेरा किन्ने हल्ला त अहिले सेलाईसकेको छ तर कम्पनीको मोवाईल भर्सनको प्रयोगकर्तामा देखिएको बृद्धि र फेसबुकको मोबाइल विज्ञापन विस्तार गर्ने योजनाले केही संकेत भने गरेको छ ।

Tata
GBIME
Nepal Life