लौ आयो, माइक्रोसफ्टको आउटलुक, के छ सुविधा पढ्नुहोस् यहाँ

बिजमाण्डू
२०६९ साउन १८ गते ००:०० | Aug 2, 2012
लौ आयो, माइक्रोसफ्टको आउटलुक, के छ सुविधा पढ्नुहोस् यहाँ

क्यालिफोर्निया । माईक्रोसफ्टले आफ्नो निःशुल्क इमेल सेवा हटमेललाई परिमार्जित गर्दै आउटलुक नाम दिएको छ । कुनै जमानामा इमेलको पर्याय बनेको हटमेल अझै पनि धेरै प्रयोग हुने इमेल सेवा प्रदायकको सूचीमा अग्रस्थामा नै छ । यद्यपि गुगल र याहुले उसलाई नजिकबाटै पछ्याईरहेका छन् ।
माइक्रोसफ्टको इमेल सफ्टवेयरको नामबाट लिइएको आउटलुक डट कमले भिन्न इमेल अनुभुति दिने कम्पनीको दावी छ । आउटलुकको प्रमुख सुविधा भनेको यसमा विज्ञापन हुने छैन । विज्ञापनसहितको इमेल चलाउँदा चलाउँदा दिक्क हुनेकालागि यो सबैभन्दा राम्रो विकल्प बनेको छ ।
परीक्षणकालागि भन्दै माइक्रोसफ्टले बुधबारदेखि नै हटमेलको ठाउँमा आउटलुक देखाउन थालिसकेको छ भने आउटलुक डट कम डोमेनमा इमेल खाता खोल्ने सुविधा पनि उपलब्ध छ । कम्पनीको यो कदमले भारतीय युवा सविर भाटियाको परिकल्पना हटमेल डटकमको अवसान हुने देखिएको छ ।
आउटलुकमा के छ ?
आउटलुकको इन्टरफेस निक्कै कुल छ । डिफल्टमा रोयल ब्लु कलर भएको इन्टरफेसमा मेट्रो डिजाइन निक्कै सुहाएको लाग्छ । सफा इन्टरफेसमा अब पहिले भन्दा ३० प्रतिसत धेरै इमेलहरु हेर्न सकिन्छ । आउटलुकमा भएको अर्काे गज्जबको फिचर भनेको सोसियल मिडिया इन्ट्रिगेसन हो । इन्बक्स वाहेक आउटलुक मेलमा फेसबुक, ट्विटर, लिंक्डईन जस्ता साईटमा रहेको एकाउण्टमा गरिएका अपडेट हेर्न, कमेन्ट तथा लाईक गर्न सकिन्छ । माईक्रोसफ्टले आउटलुकलाई थप परिमार्जित गर्दै स्काईपलाई समेत यसैमा जोड्ने योजना बनाएको छ । त्यसपछि इमेल एकाउण्टबाटै भिडियो च्याट गर्न सकिन्छ ।

आउटलुकमा भएको अर्काे सुविधा इमेलको अटोमेटिक अर्गनाईजेसन पनि हो । यसले फेसबुक, लिंक्डइन, ट्विटर आदिबाट आएका इमेल लगाएत सब्सक्राईब गरेका न्युजलेटर तथा अन्य अपडेटहरुलाई छुट्टा छुट्टै फोल्डरमा राख्छ ता कि ब्यक्तिगत इमेल र अन्य इमेल छुट्टियोस । आउटलुकमा आएका इमेलमा तपाँईका साथीको प्रोफाईल पिक्चर पनि हुनेछ भने तपाईले फेसबुक साथी एड गर्नसाथ यसको कन्ट्याक्ट अपडेट हुन्छ । यसैगरी हटमेलमा माईक्रोसफ्टका अनलाईन अफिस पनि चलाउन सकिन्छ जसले गर्दा ईमेल एडिट गर्न सहज हुन्छ ।
आउटलुकमा गु्रप कन्टयाक्ट बनाएर गरेर साथीहरुलाई एकै पटक इमेल गर्न सकिन्छ भने साथिले अन्य मिडियामा अपडेट गरेको तस्वीर पनि सजिलै हेर्न सकिन्छ ।
हटमेलले इमेल सेवा परिवर्तन गरे पनि हटमेल डट कम डोमेनलाई भने तत्कालै परिवर्तन नगर्ने भएको छ । बरु प्रयोगकर्ताहरुले आउटलुक डटकममा छुट्टै इमेल खोल्न सक्नेछन । यसैगरी लाईभ डट कम र विण्डोज लाईभ डटकम डोमेनमा इमेल खोलेकाले पनि त्यही ठेगानाबाट आउटलुक चलाउन सक्नेछन् ।

Tata
GBIME
Nepal Life