जर्मन कम्पनीसँग कानूनी झमेलाको डरले माईक्रोसफ्टले ‘मेट्रो’ नाम हटायो

बिजमाण्डू
२०६९ साउन १९ गते ००:०० | Aug 3, 2012
जर्मन कम्पनीसँग कानूनी झमेलाको डरले माईक्रोसफ्टले ‘मेट्रो’ नाम हटायो

न्युयोर्क । जर्मन कम्पनीसँग ट्रेडमार्कका विषयमा कानूनी लफडा हुने सम्भावना भएपछि माइक्रोसफ्टले बजारमा ल्याउन तयारी गरिहेको विण्डोज ८ अपरेटिङ सिस्टममा प्रयोग गरेको युजर इन्टरफेसलाई ‘मेट्रो’ नभन्ने निर्णय गरेको छ । माइक्रोसफ्टले विण्डोज ८ अपरेटिङ सिस्टममा प्रयोग गरेको युजर इन्टरफेसलाई ‘मेट्रो’ रुपमा सार्वजनिक गर्दै आएको थियो । माइक्रोसफ्टको संस्थागत तथा कानूनी मामिला विभागले नामको सम्बन्धमा विवाद हुनसक्ने संभावना औंल्याए पछि कम्पनीले ट्रेड मार्क  परिवर्तन गरेको हो ।

Tata
GBIME
Nepal Life

विण्डोज ८ मा प्रयोग भएको युजर इन्टरफेस

जर्मन रिटेल कम्पनी मेट्रो एजीसँग नामका सम्बन्धमा कानुनी लफडा हुने संभावना औंल्याउँदै मेट्रो नाम प्रयोग नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । मेट्रो एजी माइक्रोसफ्टको रिटेल पार्टनर समेत हो ।
हाल मेट्रोको विकल्पमा प्रयोग गर्न सकिने नामको खोजीमा कम्पनी छ । धेरैले राम्रो भनेको मेट्रो इन्टरफेस कम्पनीले विण्डोज मोबाईलदेखि एक्सबक्स लाईभ लगायतका अन्य प्रडक्टको नयाँ भर्सनमा पनि प्रयोग गरिरहेको छ ।
हालै कम्पनीले सो नाम प्रयोग नर्गनलाई डेभलपरहरुलाई सूचित गराईसकेको छ । मेट्रोको सट्टा हाललाई विण्डोज एट् मा प्रयोग भएको युजर इन्टरफेस शब्दावली प्रयोग गर्न भनेको छ ।