स्थानीय उत्पादन बढाउन अर्थमन्त्रीको आग्रह, घरेलुका कार्यालय प्रमुखलाई अधिकार सम्पन्न बनाउने

बिजमाण्डू
२०७० असोज २१ गते ००:०० | Oct 7, 2013
स्थानीय उत्पादन बढाउन अर्थमन्त्रीको आग्रह, घरेलुका कार्यालय प्रमुखलाई अधिकार सम्पन्न बनाउने

काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले स्थानीय वस्तुको उत्पादन बढाउने वातावरण बनाउन आग्रह गरेका छन् । अर्थमन्त्री कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र मुलुकको आर्थिक विकासमा दीर्घकालिन योगदान पुग्ने र त्यसका लागि घरेलु उत्पादनको थप प्रवद्र्धन आवश्यक भएको बताए ।
राष्ट्रिय घरेलु उद्योग विकास समितिले सोमबार राजधानीमा आयोजना गरेकोे समीक्षात्मक बैठक तथा रणनीतिक कार्यक्रममा उद्योगमन्त्री समेत रहेका कोइरालाले स्थानीय उत्पादनको विकासका लागि सरकार नीतिगत, कानुनी र समन्वयको भूमिका निभाउन तयार रहेको जानकारी पनि दिए । मह, खुकुरी र अल्लो उत्पादनमा देशले राम्रो ख्याती पाएको बताउँदै वस्तु विकास केन्द्र, हस्तकला ग्राम र सार्क हस्तकला प्रदर्शनी बनाउने योजना उपलब्धिमूलक रहेको उनले उल्लेख गरे । औद्योगिक ऐन आइसकेको र केही दिनभित्रै सरकारले अध्यादेशमार्पmत औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको जानकारी दिँदै मन्त्री कोइरालाले त्यसले उद्योग र उद्योगीका  थुप्रै समस्या हल गर्ने विश्वास व्यक्त गरे । मन्त्री कोइरालाले भने, ‘घरेलु उद्योग कार्यालयलाई साधन र कार्यालय  प्रमुखहरुलाई अधिकार सम्पन्न बनाउने काम थालिएको छ । जसको उचित उपयोग हुन जरुरी छ ।’
नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले घरेलु लगानी कृषि, वन, खानी, पर्यटन र नविकरणिय उर्जामा बढाउनुपर्ने आवश्यकता औंल्याए । वाणिज्य विभागका महानिर्देशक नारायण विडारी, घरेलु समितिका महानिर्देशक वेगेन्द्र शर्मा पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत चेतबहादुर बुढाथोकीले घरेलु उत्पादनले राष्ट्रिय विकासमा उल्लेख्य योगदान पुर्याए पनि त्यसको मूल्यांकन हुन नसक्नु दुखद् भएको बताए ।

Tata
GBIME
Nepal Life