काठमाडौं । नयाँ नेपाल लघुवित्त बिकास बैंकको सेयरमा करिब ६० गुणा बढि रकमको आवेदन परेको छ । गत विहीवारबाट ६० हजार कित्ता सेयर बिक्री सुरु गरेको बैंकको सेयरमा अन्तिम सोमवारसम्ममा ३६ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटलका अनुसार ११ हजार आवेदन फारम मार्फत सो रकम बराबरको सेयर माग भएको हो ।
आइतवारसम्ममा बैंकको सेयरमा करिब १० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । बैंकले न्युनतम ५० देखि पाँच हजार कित्तासम्म सेयरको लागि आवेदन दिन सकिने व्यवस्था गरेको थियो । प्रतिकित्ता सेयरको मूल्य एक सय रुपैयाँ तोकिएको थियो । कर्मचारीहरुलाई एकहजार दुई कित्ता र सामूहिक लगानीकोषहरुलाई तीन हजार कित्ता छुट्याइएको थियो ।











