नेपाल टेलिकमले सरकारलाई तिर्यौ २२ अर्ब रुपैयाँ राजस्व, ३८ अर्बको कारोवार गरेको कम्पनीको दावी

बिजमाण्डू
२०७० कात्तिक ७ गते ००:०० | Oct 24, 2013

काठमाडौं । नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा २२ अर्ब राजस्व बुझाएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमहरुले नेपाल दूरसञ्चार प्राधिकरणको हवाला दिंदै अघिल्लो आर्थिक वर्षमा टेलिकमले १५ अर्ब राजस्व बुझाएको समाचार सम्प्रेषण गरेका थिए । बिहिवार नेपाल टेलिकमले प्रेस विज्ञप्ति जारी गरेर अघिल्लो आर्थिक वर्षमा २१ अर्ब ९२ करोड रुपैयाँ राजस्व बुझाएको प्रष्ट पारेको हो ।
यो राजश्वमा लाइसेन्स नविकरण शुल्क, कर्मचारीहरुलाई भुक्तानी गरेको तलब, भत्ता लगायत अन्य रकमको कर कट्टी, विभिन्न आपूर्तिकर्ता तथा परामर्शदाहरुलाई भुक्तानी गरी कट्टी गरिएको कर र बैठक भत्ता बापत कट्टी गरिएको कर समावेश नभएको पनि टेलिकमले स्पष्ट पारेको छ । अघिल्लो वर्ष कम्पनीले सेवा बिक्री र अन्य स्रोतबाट ३८ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । टेलिकमले यो आम्दानीबाट  ११ अर्ब  रुपैयाँ खुद मुनाफा गरेको थियो ।

Tata
GBIME
Nepal Life