आईप्याडलाई टक्कर दिन आयो ग्यालेक्सी नोट, १० इञ्चको डिस्प्ले

बिजमाण्डू
२०६९ साउन २३ गते ००:०० | Aug 7, 2012
आईप्याडलाई टक्कर दिन आयो ग्यालेक्सी नोट, १० इञ्चको डिस्प्ले

सियोल । अरबौं डलरको बजार भएको हाते मोबाइल बजारमा आफ्नो अधिपत्य कायम गर्ने उद्देश्यसहित कोरियाली कम्पनी सामसुङले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । केही महिना अघि ग्यालेक्सी एस थ्री बजारमा ल्याएर तहल्का पिटेको सामसुङले यस अघि बजारमा ल्याएको सामसुङ नोटको नयाँ भर्सन मंगलबारदेखि जर्मनी र युएईमा सार्वजनिक गरेको छ ।
अमेरीकामा अगस्ट १५ मा सार्वजनिक हुने भनिएको नोट आगामि साता बेलायत र दक्षिण कोरियाका बजारमा देखिनेछ । ट्याबलेट र स्मार्टफोनको हाईब्रिडको रुपमा सामसुङले गत नोभेम्बरमा ग्यालेक्सी नोट ल्याएको हो ।
ग्यालेक्सी नोट १०.१ नाम दिइएको यो स्मार्टफोनको आकार अघिल्लो भर्सनको तुलनामा लगभग दोब्बर ठूलो छ । यसको आकार ट्याबलेटको जत्रै छ । यसको टचस्क्रिन मात्रै १०.१ इञ्चको छ जुन अघिल्लो भर्सनमा ५.३ इञ्चको थियो । अघिल्लो भर्सनमा झै नयाँ भर्सनमा पनि स्क्रिनमा नै लेख्न मिल्ने एस पेन छ । स्क्रीनलाई दुई भागमा विभाजन गरेर दुइ थरिका एप्लिकेसन चलाउन सकिने यसको नयाँ विशेषता हो । नयाँ भर्सनमा क्वाड कोर प्रोसेसर छ यसले धेरै काम एकै पटकमा गर्न सकिन्छ । अधिल्लो भर्सनमा डुअल कोर प्रोसेसर थियो ।
१० बटा मुलुकमा कानुनी लडाँई लडिरहेको प्रमुख प्रतिस्पर्धी कम्पनी एप्पलको आइप्याडको मुख्य प्रतिस्पर्धीका रुपमा सामसुङ नोटको नयाँ भर्सन आएको विश्लेषकहरु बताउँछन् । आईप्याडसँग भिड्नकालागि सामसुङले धेरै अघि नै ग्यालेक्सी ट्याव बजारमा ल्याइसकेको छ ।

Tata
GBIME
Nepal Life