सानिमा माईको सेयर बाँडफाँड, ५०० कित्तासम्मलाई ३.६५ प्रतिशत, ५०० माथीलाई २.९७ प्रतिशत



बिजमाण्डू
२०७० कात्तिक १५ गते ००:०० | Nov 1, 2013
सानिमा माईको सेयर बाँडफाँड, ५०० कित्तासम्मलाई ३.६५ प्रतिशत, ५०० माथीलाई २.९७ प्रतिशत


काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडकोे सेयर शुक्रवार बाँडफाट भएको छ । कम्पनीले ५० हजार रुपैयाँ (५०० कित्ता) सम्म आवेदन दिने साना लगानीकर्तालाई ३.६५ प्रतिशत र ५० हजार रुपैयाँभन्दा माथी (५०० कित्ताभन्दा बढि ) का लागि आवेदन दिने अन्य लगानीकर्तालाई २.९७ प्रतिशतका दरले समानुपातिक रुपमा बाँडफाँट गरेको छ । तर साना लगानीकर्ता समूह अन्र्तगत ५० देखि २४० कित्तासम्म आवेदन दिएका लगानीकर्ताको सेयर संख्यालाई ३.६५ प्रतिशतले गुणन गर्दा १० कित्ताभन्दा कम सेयर भाग लाग्ने भएपछि गोला प्रथाबाट १० कित्ताको दरले सेयर वितरण गरिएको हो ।
कम्पनीले ८४ हजार चार सय कित्ता सेयर कर्मचारीको लागि र एक लाख पाँच हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएको थियो ।  असोजको पहिलो साता कुल २१ लाख १० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीको सेयरमा मागभन्दा ३१ गुणा बढि आवेदन परेको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ ।     

Tata
GBIME
Nepal Life