फिलिप्सको फेस्टिभ बोनान्जाका विजेता घोषित, सामान किन्ने तीन जनाले पाए २४ हजार पर्ने एयर फायर

बिजमाण्डू
२०७० कात्तिक १५ गते ००:०० | Nov 1, 2013
फिलिप्सको फेस्टिभ बोनान्जाका विजेता घोषित, सामान किन्ने तीन जनाले पाए २४ हजार पर्ने एयर फायर

काठमाडौं । असोज नौं गतेबाट सञ्चालनमा रहेको फिलिप्सको ‘फेस्टिभ बोनान्जा’ को दोस्रो पटकको लक्कि ड्रमा तीन जनाले एयर फायर पाएका छन् । गैरीघाटकी नम्रता सिंह, मालिगाउँकी श्रुत्ति पोखरेल र सामाखुशीका बिक्रम शाहीले एयर फायर पाएका हुन् । यो फायरको बजार मूल्य २३ हजार नौं सय रुपैयाँ छ ।
यसअधिको फिलिप्सको ‘फेस्टिभ बोनान्जा’ को पहिलो लक्कि ड्रमा पनि तीन जनाले एयर फायर पाएका थिए । नेपालको लागि फिलिप्सको आधिकारिक विक्रेता स्याकार कम्पनीले दशैंतिहारको अवसरमा सञ्चालनमा ल्याएको यो योजना अन्तर्गत लक्कि ड्रबाट उनीहरु पुरस्कृत भएका हुन् । यो योजना अन्तर्गत डेवो, कोबे, प्रीथी र फिलिप्सका ब्राण्डका सामान खरीदकर्ता सहभागी हुन सक्नेछन् । ग्राहकले सामान खरीदमा पाउने स्क्रयाच कार्ड मार्फत् २५ प्रतिशतसम्म छुट पाउँछन् । योजना लागु भएदेखि हरेक १५/१५ दिनमा लक्कि ड्र मार्फत् तीन जनालाई एयर फायर दिइएको हो । यो योजनाको अवधि छठ पर्व अर्थात् कात्तिक २३ गतेसम्म सञ्चालनमा रहने जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life