फेसबुकमा आयो जुवा, खेलमा पैसा जित्न पनि सकिन्छ, हार्न पनि

बिजमाण्डू
२०६९ साउन २५ गते ००:०० | Aug 9, 2012
फेसबुकमा आयो जुवा, खेलमा पैसा जित्न पनि सकिन्छ, हार्न पनि

लण्डन । फेसबुकको लत लागेको छ, जुवाको सौखिन हुनुहुन्छ, ? धन्दा मान्नु पर्दैन, यी दुवै काम एकै ठाउँमा हुन्छ, यसका लागि क्यासिनो पनि पुग्नुपर्दैन । किनभने अब जुवा घरमै बसेर फेसबुकमै खेल्न पाइन्छ । फेरी तपाई नेपालमा हुनुहुन्छ र टुङ टुङ गर्दै फेसबुकमा जुवाको एप्किेशन खोज्दै हुनुहुन्छ भने हाललाई तपाईले  यो सुविधा पाउनुहुन्न ।
अहिलेका लागि यो सुविधा बेलायतमा मात्र उपलब्ध छ । फेसबुकमा खेलिने यो खेलमा तपाई मनोरञ्जन मात्र होइन आनन्दले पैसा कमाउन र गुमाउन पनि सक्नुहुन्छ । यो खेलमा भाग लिनका लागि तपाईको उमेर कम्तिमा पनि १८ वर्षभन्दा माथि हुनुपर्ने नियम बनाइएको छ ।
यो फेसबुकले विकसित गरेको खेल नभई यो लण्डनमा डेभलप गरिएको एपलिकेशन हो । यो एप्लिकेशन बेलायतको अनलाइन गेमिंग कम्पनी विंगो फ्रेण्डजीले तयार गरेको हो ।
अहिलेका लागि यो सुविधा बेलायतमा मात्र दिइए पनि एपलिकेशन कम्पनीले यो सेवधा छिट्टै बाँकि देशमा विस्तार गर्ने योजना बनाएको छ । फेसबुकका प्रवक्ताले भने बिंगो फ्रेण्डीजसँग संयुक्त लगानी नगरेको जानकारी दिएका छन् । उनले अनलाईनमा पैसा कमाउने खेल लोकप्रिय भएको र फेसबुकले सुरक्षित प्लेटफर्म दिएको जानकारी दिए ।
बेलायमा सबैभन्दा ठूलो गेमिंग कम्पनीका रुपमा रहेको यही कम्पनीले सन बिंगो र हर्ट बिंगो खेल सञ्चालन गर्छ । एपलिकेशन बनाउने कम्पनीले खेलको लत नलाग्नका लागि आवश्यक अरु साधन पनि दिने जानकारी दिएको छ । बीबीसी

Tata
GBIME
Nepal Life