लाभांस घोषणा गर्न अझै १२ बैंक बाँकी, तीनबाट आउँदैन्, बाँकी तीनदेखि २१ प्रतिशत दिन सक्ने पोजिशनमा



बिजमाण्डू
२०७० मंसिर २९ गते ००:०० | Dec 14, 2013
लाभांस घोषणा गर्न अझै १२ बैंक बाँकी, तीनबाट आउँदैन्, बाँकी तीनदेखि २१ प्रतिशत दिन सक्ने पोजिशनमा

विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । सेयर बजारमा सूचीकृत २९ वाणिज्य बैंकमध्ये १२ कम्पनीको औपचारिक रुपमा लाभांश घोषणा हुन बाँकी छ । यी १२ बैंकमा सिद्धार्थ बैंकको अनौपचारिक रुपमा २२.११ प्रतिशत लाभांशको प्रस्ताव आएको छ । सिद्धार्थ बैंकको लाभांश दिन सक्ने पोजिसन भने २४.२७ प्रतिशत थियो ।

बैंकको नाफाबाट २० प्रतिशत रकम सञ्चित तथा जगेडा कोषमा राखेपछि २४ प्रतिशत लाभांश दिनसक्ने देखिएको हो । नियमअनुसार बैंकहरुले हरेक बर्ष नाफाबाट अनिवार्य रुपमा २० प्रतिशत रकम जगेडा कोषमा राख्नु पर्दछ । लाभांश घोषणा गर्न बाँकी ११ बैंकमध्ये तीन बैंक हिमालयन, नेपाल र किष्ट बैंक छाडेर अन्य बैंकले तीन देखि २१ प्रतिशतसम्म लाभांश दिन सक्ने पोजिसनमा छन् ।
एनआइसी एसिया बैंक
एनआइसी एसीया बैंकले गत आवमा ६१ करोड ९९ लाख नाफा कमाएको थियो । बैंकको नाफाबाट सञ्चित तथा जगेडा कोषमा २० प्रतिशत रकम राखेपछि ४९ करोड ५९ लाख रुपैयाँ रहन्छ । यो बैंकको चुक्तापुँजीको २१.४५ प्रतिशत हो ।
लक्ष्मी बैंक
गत वर्ष लक्ष्मी बैंकले ४५ करोड दुई लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफाबाट २० प्रतिशत रकम सञ्चित तथा जगेडा कोषमा राखेपछि ३६ करोड एक लाख रुपैयाँ बाँकी रहन्छ । यो बैंकको चुक्ता पँुजीको २१.२६ प्रतिशत हो ।   
एनसीसी बैंक
गत वर्ष ३७ करोड आठ लाख नाफा कमाएको एनसीसी बैंकले २०.१८ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ । बैंकले कमाएको नाफाबाट २० प्रतिशत सञ्चित तथा जगेडामा राख्दा २९ करोड ६७ लाख रुपैयाँ बाँकी रहन्छ । यद्यपी बैंकले केही अघि कर्जा घोटलाका खबरहरु सञ्चार माध्यममा आएपछि जारी गरेको सुचनामा १५ प्रतिशत लाभांश दिने तयारी भएको जानकारी दिएको थियो ।  
कृषि बिकास बैंक
गत वर्षमा दुई अर्ब २५ करोड नाफा कमाएको कृषि बिकास बैंकले १८.७६ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ । यो दरमा लाभांश दिदा अग्राधिकार सेयरधनी र साधारण सेयरधनी दुवैलाई यो दरबाट बाँडेर लाभांस दिने सम्भावना रहन्छ । बैंकले गत आवमा समेत दुवै धनीलाई गरेर कुल ११.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले बैंकको १६ करोडभन्दा बढि रुपैयाँ जारी पूँजीलाई चुक्तापूँजीमा देखाउन पर्ने भन्दै यो प्रस्ताव अस्वीकृत गरेको थियो । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार गरेमा लाभांश दिने अवस्थामा परिवर्तन हुन सक्छ । बैंकमा अग्रधिकार सेयर अन्र्तगत छ करोड ४३ हजार कित्ता र सर्वसाधारण अन्र्तगत तीन करोड २० लाख कित्ता सेयर छ ।  
कुमारी बैंक
गत वर्षमा २९ करोड १५ लाख रुपैयाँ कमाएको कुमारी बैंकले साढे १४ प्रतिशत लाभांश दिनसक्ने पोजिशनमा छ । बैंकले यो नाफाबाट २० प्रतिशत रकम सञ्चित तथा जगेडामा राख्दा २३ करोड ३२ लाख रुपैयाँ रहन्छ । यो बैंकको चुक्तापूँजीको १४.५४ प्रतिशत हो ।  

Tata
GBIME
Nepal Life
औपचारिक रुपमा लाभांश घोषणा
गरिसकेका वा पारित गरिसकेका कम्पनी
Banks Cash Bonus
Bok 14
Citizen 15
Civil bank 5.75
Mega 9
Global ime 15
Everest 50.53 10
Janata 5.42 3
Lumbini 8
Nabil 40 25
NBB 7.79 10
NIBL 25 10
Nsbi 7.5 12.5
NMB 15
Prime 5 10
Sanima 10
Siddartha 10.11 12
SCB 40 10

सनराइज बैंक
गत वर्षमा ३१ करोड ९१ लाख नाफा कमाएको सनराइजले लगानीकर्तालाई साढे १२ प्रतिशत लाभांश दिन सक्ने पोजिसनमा छ । बैंकले नाफाबाट २० प्रतिशत सञ्चित तथा जगेडामा राख्दा २५ करोड ५३ लाख रुपैयाँ लाभांशको रुपमा बाँड्न सक्ने देखिन्छ । यो रकम चुक्तापूँजीको १२.६७ प्रतिशत हो ।

ग्राण्ड बैंक
गत वर्षमा ग्राण्ड बैंकले २० करोड पाँच लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले यसमध्येबाट २० प्रतिशत सञ्चित तथा जगेडा कोषमा राख्दा ८.०२ प्रतिशत लाभांश दिनसक्ने अवस्था रहन्छ । बैंकको गत आवको नाफाबाट सञ्चित तथा जगेडा कोषमा २० प्रतिशत रकम राखेपछि १६ करोड रुपैयाँ बाँकी रहन्छ । बैंकले चालु आवमा सञ्चालन मुनाफा ७५ करोड रुपैयाँ पुर्याउने र त्यसपछिको बर्ष २० प्रतिशत लाभांश दिने घोषणा गरेपनि यो बर्षको लागी लाभांश घोषणा गरेको छैन ।

कमर्ज एण्ड ट्रष्ट बैंक
कमर्ज एण्ड ट्रस्ट बैंक अहिले ग्लोबल आइएमइ बैंकसंग मर्जर प्रक्रियामा रहेको छ । चालु आव २०७०÷७१ को पहिलो त्रैमासमा बैंक एक करोड २६ लाख रुपैयाँ नोक्सानमा समेत छ । ग्लोबल आइएमइले आफ्ना सेयर लगानीकर्तालाई लाभांश घोषणा गरिसकेको छ ।
कमर्ज एण्ड ट्रस्टले पनि चाहेमा लगानीकर्तालाई ३.८६ प्रतिशत लाभांश दिनसक्ने अवस्था छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टराईले अहिले बैंकले प्रोभिजनिङमा राखेको रकम फिर्ता भइसकेकोले बैंक नाफामै देखिने जानकारी दिए । उनले गत आवको वित्तीय विवरणको अन्तिम अडिट रिर्पोट आउन बाँकी रहेको समेत बताए । अडिटबाट लाभांश दिन सक्ने अवस्था आए सञ्चालक समितिमा प्रस्ताव राखिने समेत उनले जानकारी दिए ।
बैंकले पहिलो बर्ष दुई करोड २७ लाख, दोस्रो बर्ष एक करोड ५१ लाख र आइपीओ जारी गरेको बर्ष पाँच करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफाबाट सञ्चित तथा जगेडा कोषमा बार्षिक रुपमा २० प्रतिशत रकम राखेपछि  बैंकले सात करोड ७२ लाख रुपैयाँ बाड्न मिल्छ । यो रकम चुक्ता पूँजीको ३.८६ प्रतिशत हो । तर बैंकले गर्ने यस्तो निर्णय नेपाल राष्ट्र बैंक र सञ्चालक समितिको अन्तिम स्वीकृतीमा भर पर्छ । मर्जरमा प्रक्रियामा रहेको कमर्जको सेयर स्वाप रेसियो तय गर्दा बैंकसँग भएको मुनाफालाई समेत गणना गरिने भएकाले प्रवद्र्धकले यो विषयमा ध्यान दिनसक्ने देखिन्छ ।

लाभांश घोषणा गरिनसकेका कम्पनी र तीनिहरुको पोजिसन
Banks Net profit Paid-up capital 20 % in reserve from profit Percent as dividend
ADB 2259947000 9636800000 451989400 18.76
Grand 200534000 2000000000 40106800 8.02
Himalayan 1024410000 2760000000 204882000 29.69
Kumari 291548000 1603800000 58309600 14.54
Laxmi 450205000 1694081000 90041000 21.26
NCC 370896000 1470000000 74179200 20.18
NIC Asia 619986000 2311552000 123997200 21.45
Sunrise 319189000 2015000000 63837800 12.67

लाभांश दिने सम्भावना नभएका बैंक
हिमालयन बैंक
मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा करीब ६६ करोडभन्दा धेरै बैंक ग्यारेण्टि दिएको हिमालयन बैंकको यस सम्बन्धमा विवाद कायम रहेकोले उसले लाभांश नदिने सम्भावना बढि छ । गत वर्ष एक अर्ब दुई करोड नाफा कमाएको हिमालयनले यो विवाद नभएको भए करीब ३० प्रतिशत लाभांश दिनसक्ने पोजिसनमा थियो । बैंकको नाफाबाट २० प्रतिशत बराबर २० करोड रुपैयाँ सञ्चित तथा जगेडा कोषमा राखेपछि ८१ करोड ९५ करोड रुपैयाँ लाभांशको रुपमा दिन सक्छ । यो रकम बैंकको चुक्तापूँजीको २९.६९ प्रतिशत हो ।
नेपाल बैंक
नेपाल बैंकको सञ्चित तथा जगेडा कोष पहिलो त्रैमासमा करीब तीन अर्ब ७७ करोड रुपैयाँ नकारात्मक छ । यही कराण बैंकले गत आवमा ७९ करोड १५ लाख रुपैयाँ नाफा कमाए पनि लाभांश दिनसक्ने अवस्था छैन् । बैंकको सञ्चित तथा जगेडा कोष धनात्मक भइदिएको भए नाफाको आधारमा बैंक १७ प्रतिशत लाभांश दिने अवस्थामा हुन्थ्यो ।
किष्ट बैंक
गत वर्ष आठ करोड ९८ लाख नोक्सानमा रहेकोले बैंकले लाभांश दिनसक्दैन । त्यस्तै, केही बर्ष नोक्सानमा रहेर तंगरिने क्रममा रहेको माछापूच्छे« पनि चार प्रतिशत लाभांश दिने पोजिसनमा रहेको भए पनि माछापुच्छ«ेले लाभांश नदिकनै साधारण सभा सम्पन्न गरिसकेको छ । सूचीकृत २९ मध्ये १६ ओटा बैंकहरुले औपचारिक रुपमै लाभांश घोषणा गरिसके भने यीमध्ये कतिपयले सधारण सभा गरेर पारित समेत गरिसकेका छन ।
नोटः कम्पनीहरुले अघिल्लो पटकको नाफाबाट सञ्चितमा २० प्रतिशतभन्दा बढि राखेको अवस्थामा, कम्पनीहरुले यस पटक बाँड्न योग्य सबै रकम बितरण गर्न नचाहेमा वा राष्ट्र बैंकबाट स्वीकृत नभएमा भने यो दरहरुमा परिवर्तन हुन तथा नबाँडिन पनि सक्छ ।