सुरुङ्गमार्गले संस्थापक सेयरधनीलाई अग्राधिकार सेयर जारी गर्यो, वार्षिक दश प्रतिशत प्रतिफल

बिजमाण्डू
२०७० मंसिर ३० गते ००:०० | Dec 15, 2013
सुरुङ्गमार्गले संस्थापक सेयरधनीलाई अग्राधिकार सेयर जारी गर्यो, वार्षिक दश प्रतिशत प्रतिफल
काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ । काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्गमार्ग निर्माण गरिरहेको कम्पनीले संस्थापक सेयरधनीका लागि अग्राधिकार सेयर जारी गरेको हो । 
यो सेयरको वार्षिक दश प्रतिशतका दरले प्रतिफल प्राप्त हुने जानकारी पनि कम्पनीले दिएको छ । मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता गरेको सेयर संख्याको शतप्रतिशतसम्म हुने गरी वार्षिक दश प्रतिशत प्रतिफलसहित अग्राधिकार सेयर जारी गरिएको कम्पनीले जारी सूचनामा उल्लेख छ । 
कम्पनीले पुस १६ गते भित्र आवश्यक प्रमाणसहित कम्पनीको केन्द्रिय कार्यालय टे«ड टावर, शाखा कार्यालयहरु हेटौडाको कान्तिराजपथस्थित ओमभवन र सिस्नेरीबजारमा सम्पर्क राख्न आग्रह गरेको हो । ३६ अर्ब रुपैयाँ लगानी लाग्ने यो योजना कात्तिक अन्तिम साता निर्माण सुरु भएको छ । अहिले छानिएका ठेकेदारले सुरुङ्गमार्गको ग्राउण्ड ब्रेक गरिरहेका छन् । कम्पनीले यो योजना चार वर्ष भित्र पूरा हुने जानकारी दिएको छ । 
 

Tata
GBIME
Nepal Life