जेनिथ फाइनान्सको नाफा दुई करोड ७१ लाख, निक्षेप एक अर्ब ६ करोड पुग्यो

बिजमाण्डू
२०६९ साउन २९ गते ००:०० | Aug 13, 2012

काठमाडौं । जेनिथ फाइनान्सको मुनाफा गतवर्ष दुई करोड ७१ लाख रुपैयाँ पुगेको छ । फाइनान्सले त्यस अघिल्लो आर्थिक वर्षमा दुई करोड १७ लाख रुपैयाँ मात्र मुनाफा गरेको थियो । फाइनान्सको मुनाफा ५४ लाख रुपैयाँले बढेको हो ।
२० करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सको व्याज आम्दानी पनि बढेको छ । फाइनानसले १४ करोड ८२ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । फाइनान्सको कर व्यवस्था अघिको नाफा चार करोड ४३ लाख रुपैयाँ छ । फाइनान्समा अघिल्लो आर्थिक वर्षको तुलतामा निक्षेप २६ करोडले बढेर एक अर्ब ६ करोड रुपैयाँ पुगेको छ । फाइनान्सले ७१ करोड ४५ लाख रुपैयाँ ऋण लगानी गरेको छ  ।

Tata
GBIME
Nepal Life