सगरमाथा फाइनान्सको सेयर कारोबार खुल्यो, मर्जर प्रक्रिया असफल, प्राइमको पुष १२ देखि बुक क्लोज



बिजमाण्डू
२०७० पुष ४ गते ००:०० | Dec 19, 2013

काठमाडौं । मर्जर प्रक्रिया सफल नभएपछि सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर कारोबार बिहीवारबाट खुलेको छ । सगरमाथा र रिलायन्स फाइनान्स बीच डिमर्ज भएको हो । नेप्समा सगरमाथाको १६ लाख ५० हजार कित्ता र रिलायन्सको २० लाख कित्ता सेयर सूचीकृत छ । गत बर्षको पुषमा अन्तिम पटक करोबार हुँदा सगरमाथाको सेयर प्रतिकित्ता एक सय २० रुपैयाँमा किनबेच भएको थियो । रिलायन्सको सेयर नेप्सेमा २०६९ साल माघ २१ गते सूचीकृत भएको थियो । तर कम्पनीको सेयर एक पटक पनि कारोबार भएको छैन ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशसम्म रिलायन्स फाइनान्स एक करोड २० लाख रुपैयाँ नोक्सानमा छ । त्यस्तै, सगरमाथा ४४ लाख खुद नाफामा छ । तर, सगरमाथा चार लाख ८५ हजार सञ्चालन नोक्सानमा छ । रिलायन्स फाइनान्समा एक अर्ब छ करोड रुपैयाँ निक्षेप रहेको छ भने ९० करोड रुपैयाँ कर्जा रहेको छ । रिलायन्समा २३ लाख ४४ हजार सञ्चित नोक्सान रहेको छ । सगरमाथा मर्चेन्टमा भने एक अर्ब ४१ करोड कर्जा तथा लगानी रहेको छ भने एक अर्ब ७६ करोड रुपैयाँ निक्षेप रहेको छ ।
प्राइम बैंकको पुष १२ गते बुक क्लोज
१० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको प्राइम कमर्सियल बैंकले पुस १२ गते देखि बुक क्लोजको मिति सार्वजनिक गरेको छ । बैंकको २६ गते हुने बार्षिक साधारण सभामा यो प्रस्ताव लैजाने भएको छ । हाल दुई अर्ब ३४ करोड चुक्तापूँजी रहेको बैंकको बोनस पारित भएमा यो रकम दुई अर्ब ५७ करोड पुग्ने छ ।

Tata
GBIME
Nepal Life