काठमाडौं । एनआइसी एशिया बैंकले सेयरधनीका लागि २० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको बिहिवार बसेको सञ्चालक समितिको बैठकले लाभांस सिफारिस गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको साधारण सभाबाट स्वीकृतिपछि मात्र वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षमा ६४ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको प्रति शेयर आम्दानी ४७.४१ रुपैयाँ रहेको बैंकले बिहिवार जारी प्रेस विज्ञप्तिमा छ ।
बैंकको रिर्टन अन इक्वीटी १४.६३ प्रतिशत रहेको पनि प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । बैंकले चालु वर्षको पहिलो त्रैमासमा २९ करोड ९० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्ष दुई वाणिज्य बैंक मर्ज गरी एनआईसी एशिया बनेको हो । बैंकको अहिले देशभर ५३ शाखा कार्यलय तथा ५० वटा एटिएमको सञ्जाल छ । यो आर्थिक वर्षमा थप १४ वटा शाखा कार्यालय तथा ए. टि. एम. विस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।











