नेप्सेमा दिनमा ८१ करोडको कारोबार, २४ कम्पनीको करोड बढी, सट्टेबाज सक्रिय भएको विश्लेष्कको आशंका

बिजमाण्डू
२०७० पुष ४ गते ००:०० | Dec 19, 2013
नेप्सेमा दिनमा  ८१ करोडको कारोबार, २४ कम्पनीको करोड बढी, सट्टेबाज सक्रिय भएको विश्लेष्कको आशंका
काठमाडौं। यस अघिको दुई कारोबार दिनमा लगातार बढेर सर्किट ब्रेकर लागेको बजारमा बिहीवार उल्टो तर्फ पनि सर्किट ब्रेक लाग्यो । बिहीवार कारोबारको मध्यसम्म बिक्री चाप बढेपछि घट्ने क्रममा दुई पटक सम्म सर्किट ब्रेक लागेको हो । लगानीकर्ताहरु यसअघि भएको मुनाफा सुरक्षित गर्न लाग्दा पनि बजारमा करेक्सन देखिएको हो । कतिपय लगानीकर्ता केही दिनमा बजारमा करेक्सन हुनसक्ने विश्वासमा रहेकाले पनि सेयर बिक्री गर्न हतारिएका थिए । अर्को तर्फ राष्ट्र बैंकले बैंकहरुलाई मार्जिन कर्जामा केही कडाई गर्न सक्ने देखिएपछि पनि लगानीकर्ताहरु बजारमा करेक्सन हुने अनुमानमा थिए । बजार बन्द हुँदा नेप्से परिसूचक ८०५ मा आइपुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१७ अंकले कम हो । नेप्सेले कारोबारको सुरुमा उच्च बिन्दु ८०८ छोयो भने त्यसपछि सात सय ७० को न्युन बिन्दुसम्म झरेर बढ्न थाल्यो ।
बजार बढिरहँदा लगानीको अवसर खोजी रहेकाहरुले पनि बिहीवार बजारमा लगानी बढाएका छन । बिहीवार एकै दिन ८१ करोड रुपैयाँको कारोबार भयो । यो रकम नियमित करोबारमा हालसम्मकै उच्च हो । नेपाल बंगलादेश बैंकको करीब १० करोड रुपैयाँको, एनआइसी एसीया पाँच करोड, नेपाल बैंकको चार करोड ५२ लाख, बैंक अफ काठमाण्डुको चार करोड तीन लाख रुपैयाँको सेयर कारोबार भएको छ । किष्ट बैंकको तीन करोड ५७ लाख , एभरेष्ट बैंकको तीन करोड २३ लाख रुपैयाँको, चिलिमे जलविद्युत्को दुई करोड ८१ लाख , कुमारी बैंकको दुई करोड ५३ लाख, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सको दुई करोड ३३ लाख रुपैयाँको करोबार भएको छ । त्यस्तै १५ कम्पनीको दुई करोड भन्दा कम तर एक करोड रुपैयाँभन्दा धेरै रकमको सेयर कारोबार भएको छ ।  कारोबारमा आएका एक सय पाँच मध्ये ४९ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्सेमा पहिलो पटक १२ बजेर २७ मिनेटमा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यस्तै, बजार घट्ने क्रम नरोकिएपछि १२ बजेर ४८ मिनेटमा दोस्रो पटक सर्किट ब्रेक लागेको थियो । लामो समयपछि नेप्सेमा करेक्सन देखिएको बताउँदै सेयर विश्लेषक भट्टराई भन्छन्, ‘सेयर बजार बुलिश प्रवृतिमा छ, तर यो प्रवृत्तिमा पनि बजार घटबढ हुन्छ ।’ तर अहिले घटबढको चक्र ढिलो भइरहेको भट्टराई बताउँछन । 
उनले भने, अहिले पनि लगानीकर्ताहरु नेप्से परिसूचकको रेखामा नै भर परिरहेका छन् । नेप्से उचाल्न महत्वपूर्ण भुमिका रहने नेपाल टेलिकम जस्ता कम्पनीहरुको मूल्यमा चलखेल गरेर पनि बजार घटाउन र बढाएको देखाउन लगानीकर्ताहरु खोजिरहेका छन । तीव्र उतारचढाव भएको समयमा केही समय मात्र यस्ता कम्पनीको प्रभाव परे पनि बजारमा लगानीकर्ता शसंकित हुन थाल्छन । यसले पनि बजारमा अहिले जस्तो दुबैतर्फ सर्किट ब्रेक लाग्न अवस्था आउने गर्छ । 
बजारमा तरलता बढि रहेको समयमा सट्टेबाज किसिमका लगानीकर्ताहरु सक्रिय भइरहेको कराण पनि बजारमा तिव्र उछाल देखिएको हो । यही कारण बजार बढेको समयमा थप सर्किट ब्रेक लाग्न नदिन पनि लगानीकर्ताहरु लागिरहेका पाइथे । विश्लेषकहरु यस्तो समय लगानीकर्ता किनबेच गर्दा दाउ हेरेर बसिरहेका हुने बताउँछन । 

Tata
GBIME
Nepal Life