बजारमा अलिकति करेक्सन आउँछ, त्यसपछि शिखरमा जान्छ नै, निरञ्जनकुमार टिबरेवालाको अन्तर्वार्ता

बिजमाण्डू
२०७० पुष ७ गते ००:०० | Dec 22, 2013
बजारमा अलिकति करेक्सन आउँछ, त्यसपछि शिखरमा जान्छ नै, निरञ्जनकुमार टिबरेवालाको अन्तर्वार्ता
ऋण लिएर लगानी गर्ने धेरै साथीहरु त्यतिवेला समस्यामा परे । मैले पनि त्यतिवेला सेयर धितोमा राखेर अन्य व्यापार व्यावसायका लागि ऋण लिएँ । व्याजदर पनि सस्तो थियो । तर पछि त्यो ह्वात्तै १५ प्रतिशतभन्दा बढि भयो । १५ प्रतिशत व्याज भनेको सानो कुरा होइन । सेयरको मूल्य ठ्याक्कै घटेर ५० प्रतिशतभन्दा कम भयो । राम्रो सेयर पनि मैले ऋण तिर्नका लागि बेच्न पर्यो 

केही कुरा निश्चित छ । त्यसमध्ये एउटा हो, अब नेताहरुले मिल्नै पर्छ । दश दिन लाग्ला, १५ दिन लाग्ला, दुई महिना लाग्ला, तर उनीहरुसँग मिल्नुको विकल्प छैन् । होइन भने उनीहरु माथी प्रश्न उठ्छ । यो विषयमा लगानीकर्ता आश्वस्त छन्

एसबीआई बैंकको सेयर १३ बर्ष अघि मैले २१ सयदेखि २५ सयमा किनेको हो । त्यो मैले व्यवस्थापनमा प्रवेश गर्ने  हिसाबले किनेको हुँ । पछि त्यो घटेर १६ सय पनि भयो । तर २१ सयमा किने पनि आज मलाई नोक्सान छैन । भनेपछि आज सेयर किन्नु महंगो होला तर चार/पाँच बर्ष पछाडी गएपछि त्यो सब्सडाइज हुन्छ । त्यसैले मैले संधैभरी भन्ने गर्छु लामो अवधिको लगानी

निरञ्जन टिबरेवाला नेपालको पुजीबजारका अघिकांस ठूला खेलाडीहरुका पनि गुरु हुन् । लो प्रोफाइलमा बसेर बजारमा निकै प्रभावित गर्ने व्यक्तिमा उनलाई हेर्ने गरिन्छ । प्राविधिक पक्ष र सामाजिक आर्थिक संरचनालाई समेत ख्याल गरेर बजार विश्लेषण गर्ने क्षमता उनमा भएकै कारण उनी ठूला लगानीकर्ताका पनि गुरु बन्न सकेका हुन् । पुँजीबजार अहिले चम्किदै छ । अब पुँजीबजार कुन विन्दुसम्म पुग्ला, विगतका कमजोरी के थिए ? विजमाण्डूका विजयराज खनालका प्रश्नमा टिबरेवाला यसरी खुले ।

Tata
GBIME
Nepal Life
जो मान्छे सेयर बजारमा संवेदनशिल ढंगले लागेको छ, त्यसले के भन्छ भने निर्मल प्रधान सेयर बजारको निर्मल बाबा, तपाईं बाबाको पनि ‘बा’, यस्तै ढंगमा तपाईंलाई जोडेर हामीले एउटा फिचर लेख्यौं । हामी सही हौं ? 
लगानीकर्ताले पनि मलाई त्यो स्तरमा राखेका रहेछन् । तपाईले भन्नुभयो, मलाई खुब खुशी लाग्यो । हुन पनि मेरो प्रयास यही हो । निर्मल प्रधान एकजना व्यक्ति तपाईले पहिचान गर्नुभयो, सेयर बजारमा उहाँ जस्ता धेरै व्यक्ति छन्, जसलाई मैले सल्लाह दिएको छु, सही दिशामा काम गर्नु पर्छ भनेको छु । कसैले गलत गरेका छन् भने हेर बाबु तिमीले गलत गर्यौ पनि भनेको छु । निर्मल प्रधानले लगानीमा धेरै सफलता प्राप्त गर्नुभयो । मलाई खुसी लागेको छ ।
 
तपाईले पनि त्यति नै सक्सेस पाउनु भएको छ तर तपाई, त्यो कुरा देखाउनु चाहनुहुन्न ?
निर्मल प्रधानले जति सफलता पाए पनि वित्तीय रुपमा मेरो त्यति छैन होला । तर जति मैले गरेको छु, त्यसमा म खुशी छु । मबाट लागनीको सल्लाह लिएका थुप्रैलाई मैले आफैले हेरेको छु, उहाँहरुले दुई/चार करोड रुपैयाँ कमाउनु भएको पनि छ । त्यो पनि त मेरै कमाइ हो नि । आज कुनै साथीले कमाइरहेका छन भने त्यो पनि त मेरै कमाइ हो, मैले त्यसरी हेरेको छु । निर्मल प्रधान जीले धेरै जोखिम लिनु भयो । उहाँले ऋण लिएर, व्याजमा तिरेर यो बजारमा लगानी गर्नु भयो । तर मैले ऋण लिएर लगानी गरिन् । म कहिं लगानी गर्छु भने व्यवस्थापनमा जाने गरी सेयर स्वामित्व लिन्छु । मेरो उद्देश्य व्यवस्थापन बलियो बनाउने हुन्छ । व्यवस्थापन बलियो बनाउना साथ मेरो सेयरको मूल्य पनि बढ्छ, मेरो प्रतिफल पनि बढ्छ ।
 
यो बजारमा लागेकाहरुलाई तपाईको सेयरमा लगानीको आकार कति छ भन्ने उत्सुकता छ ? 
सुरुमा मैले उद्योग गरें, व्यापार पनि गरें । ट्रेडिङमा हुने अस्वस्थ प्रतिश्पर्धा, छली, बदमासी मलाई राम्रो लागेन्, मलाई त्यस्तो गर्न मनले पनि दिएन । त्यही भएर ट्रेडिङ फर्म खोलेर पनि मैले बन्द गरें । एउटा सानो उद्योग पनि चलाएँ, त्यो २५ प्रतिशत पनि चलिरहेको छैन । मैले पेट्रेल पम्प चलाएँ, त्यसमा हामी लिडिङ पनि थियौ, तर अहिले पेट्रोल पम्प बन्द गर्नुपर्ने अवस्थामा हामी छौं । किनकी त्यहाँ नाफा छैन्, मैले चोरी गर्दिन । नगरेपछि नाफा आउँदैन् । त्यसकारण मैले सबै  पैसा सेयर बजारमा लगानी गरें । लगानी गर्दा मैले व्यवस्थापनमा जाने सोंचका साथ गरें, धेरै कम्पनीको व्यवस्थापनमा रहेर काम पनि गरें, अहिले पनि गरिरहेको छु । म स्ट्याण्डर्ड चार्टर्ड बैंकमा गएँ । त्यहाँ मेरा खास भुमिका रहेन । किनभने उनीहरुको आफ्नो छुट्टै सिस्टम छ । हामी लगानीकर्ताले त्यहाँ आफ्नो भुमिका देखाउने ठाउँ छैन् । मेरो एउटा प्रयास स्ट्याण्डर्ड चार्टड बैंकमा सफल भयो । नेपालको चार्टड ग्लोबल सब्सिडरी भएपछि मैले यहाँका कर्मचारी ग्लोबल नेटवर्कमा लैजानुपर्दछ भनेर पहल गरेको थिएँ, उनीहरुले त्यो तुरुन्तै माने । अहिले यहाँ काम गरेका नेपाली कर्मचारी सिंगापुर, इण्डिया, लण्डनमा काम गरिरहेका छन ।
 
मैले तपाईंलाई सेयर बजारमा पोर्टफोलियो कति छ भनेर प्रश्न गरेको थिएँ ? 
मेरो पोर्टफोलियो यति छ भनेर भन्न सक्दिन । मैले आज किनेर भोली बिक्री गर्ने गरी सेयरको ट्रेडिङ गर्दिन । राम्रो कम्पनी छान्यो, त्यसैमा लगानी गर्यो, आफु पनि त्यहाँ जाने, साथीभाईलाई पनि पैसा हाल भन्ने, त्यसैलाई बलियो बनाउने गर्छु । जस्तो अहिले म सोल्टि होटलमा बोर्ड डाइरेक्टर छु, नेपाल एसबीआईमा छु र एभरेष्ट इन्स्योरेन्स प्रोमोट गरेको छु ।
 
अहिले लगानी गर्नेले लामो दृष्टिकोण राखेर गर्नुपर्दछ । यसमा दुईवटा पक्ष छ । मैले चार बर्षपछि कति लाभांश पाउँछु भनेर सोंच्छु, तपाइ पनि चार बर्षमा मैले कति लाभांश पाउँछु भनेर सोच्नुहुन्छ । तर त्यो सोचमा पनि दर फरक हुन्छ । त्यो फरकले सेयर मूल्यमा मार्जिनल डिफरेन्सेस हुन्छ । मैले बढि सोंचे भने ४५० भनौंला, तपाई ३७५ भन्नु होला । प्राइस यसरी प्ले हुन्छ 

 
निर्वाचनको प्रक्रिया शुरु भएदेखि बढ्ने क्रममा रहेको बजार अहिले एउटा तहभन्दा माथी देखिन थालेको छ । हाम्रो अर्थतन्त्रका आधारभूत सूचकहरुमा ठूलो परिवर्तन देखिएको छैन् तर बजार किन यसरी बढिरहेको छ ?
लगानीकर्ताले जहिले पनि नाफाको आशा गर्छ । जब राम्रो चिजहरु आउन थाल्छ तब त्यसमा नाफा हुन थाल्छ भन्ने उसले अनुमान गर्छ । मुनाफा, सम्भावनाका आधारमा लगानीकर्ताले लगानी गर्ने हो, त्यो अनुमानका आधारमा उसले लगानीमा प्रतिफल पनि पाउँछ । सेयर बाहेक अर्को ठाँउमा लगानी गर्दा नाफा कति आउँछ ? यसमा लगानी गर्दा नाफा कति भइरहेको छ ? सम्भावना, अपेक्षा प्रतिफल र अनुमानमा बजार टिकेको छ । नेपालमा स्टक एक्सचेन्ज जुन बेला सुरु भएको थियो । त्यो बेला पनि धेरै उत्साहाका साथ लगानीकर्ता यो बजारमा प्रवेश गरेका थिए । जब लगानीकर्ता सेयर बजारमा आउन थाल्छन्, माग बढ्छ, त्यसको आधारमा सेयर बजार पनि बढ्छ । 
 
निर्वाचन भयो, तर सरकार बन्ने अनिशिचतता अझै बाँकी छ तर समस्याको त्यो बादल नफाटिकनै बजार किन बढिरहेको छ ?
केही कुरा निश्चित छ । त्यसमध्ये एउटा हो, अब नेताहरुले मिल्नै पर्छ । दश दिन लाग्ला, १५ दिन लाग्ला, दुई महिना लाग्ला, तर उनीहरुसँग मिल्नुको विकल्प छैन् । होइन भने उनीहरु माथी प्रश्न उठ्छ । यो विषयमा लगानीकर्ता आश्वस्त छन् । पहिले माओवादी नेतृत्वमा आउँदा पनि हामीलाई थाहा थियो, यिनीहरु ग्लोबल इकोनोमीमा काम गर्नै पर्छ । यिनीहरुको आइडोलोजीले काम गर्न सक्दैन । उनीहरु नियन्त्रणमुखी अर्थतन्त्र चलाउन सक्दैनन् । आखिर अहिलेको निर्वाचनले त्यो कुरा देखायो । प्रजातान्तिक शक्ति आउनु पर्छ भन्ने देखायो । जो सरकारमा गए पनि, जसले निर्वाचन जिते पनि विश्व अर्थतन्त्रको साइकलभन्दा कोही पनि बाहिर बस्न सक्दैन् । राजनीतिक दलहरुवीच केही विषय मिलेका छैनन् होला तर उनीहरुलाई सहमतिको एउटा विन्दुमा एक साथ आउनुको विकल्प छैन् । संविधान सभामा साशकीय स्वरुपहरुको कुरामा के होला कसो होला तर गतिशिल अर्थतन्त्रका विषयमा उनीहरु बीच विवाद हुन सक्दैन । तपाई लेख्नु हुन्छ भने पनि लेख्नुस कुनै न कुनै फर्मुलामा दलहरु मिल्छन । उनीहरु मिलेर काम गर्छनको अर्थ हो, राम्रो आर्थिक नीति आउँछ, यही आधारमा बजार बढेको हो ।
 
पुरानो रेकर्डलाई शिखर मान्ने हो भने, हामी अहिले आधार शिविरमा आइपुगेका छौं । के अहिलेको शिखर चढाइ सहि रुपमा भइरहेको छ ?
पुँजी बजारमा अलिकति सपेकुलेटिभ त हुन्छ, हुन्छ । सबै जनताले अध्ययन गरेर, फण्डामेण्टल हेरेर लगानी गर्छ भन्ने छैन । सुझाव दिन अहिले ब्रोकरलाई पनि भ्याइनभ्याइ छ । कुनै पनि फाइनान्सियल एनालाइसिस गर्ने एजेन्सी हामी कहाँ छैन् । संसारमा हेर्ने हो भने तपाईले एक्सपर्ट टुलहरु युज गर्न सक्नु हुन्छ, अपिनियन लिन सक्नु हुन्छ । यहाँ पनि कति जनाले मलाई सोध्छन, के मा लगानी गर्ने के गर्ने ? यहाँ संगठित किसिमको कन्स्याल्टेन्सी दिने संस्था छैनन् । तपाईले जुन भन्नु भयो नि शिखर, शिखरमा त जान्छ नै । तर तत्कालका लागि सबैको लगानी एक ठाँउमा गइसकेपछि बजारमा अलिकति करेक्सन त आउँछ । मूल्य भने अहिले भन्दा केही हाइ हुन्छ नै । पहिले धेरै ‘लो’मा गएर बसेको थियो । बैंकको सेयर नै एक/डेढ सय रुपैयाँमा पुगेको थियो । एउटा बैंक स्थापना गर्न कति कठिन छ ?

त्यसोभए बजारमा म्यानुपुलेशन छैन ?
अहिले बजार म्यानुपुलेट भएको होइन । इकोनोमी अब धेरै तिव्र गतिमा अगाडी बढ्छ । नेपाल विकासका लागि भर्जिन एरिया हो । यहा विकासका थुप्रै क्षेत्रहरु छन् । हामी कहाँ जम्मा पाँच लाख पर्यटक आउँछ, मलेसियामा जानु भयो भने त्यहाँ ५०÷६० लाख आउँछ । नेपालमा अहिले भौतिक पुर्वाधार नै छैन । एयरपोर्ट छैन । बाटो छैन्, नेपालमा जति पनि विकास गर्ने सम्भावना छ । जहाँ  विकासको सम्भावना हुन्छ, त्यहाँ प्रतिफल आउने सम्भावना पनि त्यत्तिकै छ । त्यसको लागि वातावरण चाहिन्छ, त्यो वातावरण निर्वाचनले तयार गरेको छ । अब त्यस अनुसारका नीति बनाउन सरकार माथि दवाव पर्छ । नयाँ नीतिले नेपालमा अन्तराष्ट्रिय शक्तिहरु आउँछन्, विदेशी लगानी आउँछ । हामी पनि त कुरा गर्छौ नि, अब राष्ट्रमा यस्तो यस्तो नीति चाहियो भनेर । राष्ट्र बिगार्ने पोलिसी त कोही ल्याउन चहादैन नि । 
 

पुँजी बजारमा अलिकति सपेकुलेटिभ त हुन्छ, हुन्छ । सबै जनताले अध्ययन गरेर, फण्डामेण्टल हेरेर लगानी गर्छ भन्ने छैन । सुझाव दिन अहिले ब्रोकरलाई पनि भ्याइनभ्याइ छ । कुनै पनि फाइनान्सियल एनालाइसिस गर्ने एजेन्सी हामी कहाँ छैन् । संसारमा हेर्ने हो भने तपाईले एक्सपर्ट टुलहरु युज गर्न सक्नु हुन्छ, अपिनियन लिन सक्नु हुन्छ । यहाँ पनि कति जनाले मलाई सोध्छन, के मा लगानी गर्ने ?

 

हिजो बजार उच्च हुँदा घाटामा रहेको फाइनान्स कम्पनीको सेयर मूल्य पनि दुई सयभन्दा माथी गयो,  तर आज त्यो कम्पनी अंकित मूल्यभन्दा तल नै छ । यसको अर्थ के हामी अहिले करेक्टिभ वेमा लगानी गरिरहेका छौं भन्ने हो ?

त्यो बेलालाई स्टेपबाई एनालाइसिस गर्नुपर्छ । त्यो बेलाको स्टेजले के देखाउँछ भने नियामक निकाय बलियो थिएन । यही कारणले दुई सयको सेयर २२ सय पनि पुग्यो र लगानीकर्ता नोक्सानमा परे । तर अहिले नियामक निकाय बलियो छ । लगानी सुरक्षित छ । गरेको लगानी डुब्दैन । नाफा कम भए सेयर बजारमा मूल्य कम हुन सक्छ तर पैसा भने डुब्दैन । मलाई बंगलादेश बैंकको सेयरमा गरेको लगानी शून्य भयो भन्ने लागेको थियो । आखिरमा त्यो स्टेजबाट बैंक आज मुक्त भएर फेरि बलियो भएर आयो । त्यो बेला म नोक्सान भएँ होला । अहिले बजारमा बुझेका लगानीकर्ता आइरहेका छन । नियामक निकाय बलियो छ । त्यसको असर र प्रभाव बजारमा देखिएको छ । 
 
अबको दुई महिनामा नेप्से परिसूचकको रफ्तार कस्तो रहला ?
मैले हेर्दा अहिले पुरानोभन्दा पनि नयाँ लगानीकर्ता धेरै छन् । कार्पेटमा मानिसहरुले पैसा कमाए, त्यो बेला बजार बढ्यो । पस्मिनाको खुब ठुलो व्यापार भयो, त्यो समय पनि बजार बढ्यो । त्यसपछि खासाबाट आयातित सामानको बजार बढ्यो, कमाइ बढ्यो । त्यो बेला ती क्षेत्रमा कमाउनेहरु यो बजारमा पसे बजार बढ्यो । अहिले बजारमा रेमिट्यान्सको पैसा आइरहेको छ । व्यक्तिगत रुपमा आएको रेमिट्यान्सको पैसाले काठमाडौंमा जग्गा किन्न सकिने अवस्था छैन । तपाईसंग ३०/४० लाख रुपैयाँ छ भने बैंकमा राखे ब्याज गतिलो आउँदैन । त्यसैले राम्रो संस्था छानेर स्टक बजारमा लगानी आइरहेको छ । त्यसबाहेक अहिले बैंकमा तरलता बढ्यो तर लगानी गर्न सकेनन् । व्याजदर घट्न थाल्यो अनि पैसा बजारमा आयो । पहिले पनि व्याजदर सस्तो हुँदा लगानीकर्ताले तीन प्रतिशतसम्मको व्याजमा कर्जा लिएर ३०/४० करोड रुपैयाँ लगानी गर्थे । तीन प्रतिशत भनेको त के हो ? अब कम्पनी नै ल्याएर लगानी गर्ने पनि हुनसक्छ । मेरै छोराहरु त्यस्तो सोचमा छन । अहिले मोबिलाइजेशन अफ माइन्ड पनि भइरहेको छ । अब पोलिसी कुन स्पिडमा आउँछ भन्ने कुराले आगामी दिन तय गर्नेछ । 
 
अब नेप्सेले यस अघिको उचाई भेट्ला ?
अर्थमन्त्री लगानीकर्ताले चाहेको आओस । प्रजातान्त्रिक सोच भएको आओस । त्यो अवस्थामा आएको नीतिले पहिलेको आँकडा नछोला भन्न सकिदैन । अहिलेका आधारहरुले भन्न सकिन्छ । 
 
सेयर बजारमा लगानीकर्ताहरु के भन्छन् भने, काँग्रेसको सरकार बन्ने हो र डा. रामशरण महत अर्थमन्त्री बन्ने हो भने अहिलेको प्यारामिटर अझ माथि पुग्छ, तपाईंलाई पनि त्यस्तै लाग्छ ? 
तपाईंले पनि सुन्नु भएछ, मैले पनि सुनें भनेपछि उहाँको पक्षमा हावा बगेकै हो, कहिं न कहिं हामी सबैले महतजीलाई अर्थमन्त्री अपेक्षा गरेका पनि छौं । वास्तवमा ग्लोबल इकोनोमीअनुसार प्राइभेटाइजेशन, लिबराइजेशन पोलिसी त उहाँले नै ल्याउनु भएको हो । अन्तराष्ट्रिय क्षेत्रमा पनि उहाँको राम्रो एक्सपोजर छ । म मात्र होइन, धेरै लगानीकर्ताले यस्तै सोंचेका छन् ।
 
अहिले जुन कम्पनीको सेयर मूल्य उच्च छ, कसैले त्यो मूल्यमा लगानी गर्छ भने रेट अफ रिर्टनले धान्छ ?
छोटो समयमा धान्दैन । अहिले लगानी गर्नेले लामो दृष्टिकोण राखेर गर्नुपर्दछ । यसमा दुईवटा पक्ष छ । मैले चार बर्षपछि कति लाभांश पाउँछु भनेर सोंच्छु, तपाइ पनि चार बर्षमा मैले कति लाभांश पाउँछु भनेर सोच्नुहुन्छ । तर त्यो सोचमा पनि दर फरक हुन्छ । त्यो फरकले सेयर मूल्यमा मार्जिनल डिफरेन्सेस हुन्छ । मैले बढि सोंचे भने ४५० भनौंला, तपाई ३७५ भन्नु होला । प्राइस यसरी प्ले हुन्छ । नाफा कसरी कमाउने भन्ने कुरा भने तपाई र मेरो फरक हुन्छ । आज नबिल बैंकको सेयर २५ सय रुपैयाँ छ, सय प्रतिशत लाभांश दियो भने चार प्रतिशत त नाफा भैहाल्छ । त्यसको जुन इर्फोट आउने हो, त्यसले कभर गर्छ । भोली पाँच प्रतिशत नै व्याज भयो भने सात प्रतिशत रिर्टन आउनेमा लगानी किन नगर्ने ? 
 

 

तपाईंले पनि सुन्नु भएछ, मैले पनि सुनें भनेपछि उहाँको पक्षमा हावा बगेकै हो, कहिं न कहिं हामी सबैले महतजीलाई अर्थमन्त्री अपेक्षा गरेका पनि छौं । वास्तवमा ग्लोबल इकोनोमीअनुसार प्राइभेटाइजेशन, लिबराइजेशन पोलिसी त उहाँले नै ल्याउनु भएको हो । अन्तराष्ट्रिय क्षेत्रमा पनि उहाँको राम्रो एक्सपोजर छ । म मात्र होइन, धेरै लगानीकर्ताले यस्तै सोंचेका छन् ।
 

तपाईंले बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ भन्नुभयो ? 

अहिले समाजको एउटा ठूलो तप्कालाई के लागेको छ भने देशको आर्थिक अवस्था राम्रो हुँदै गएको छ, राम्रो हुँदैछ । हामीले यहाँ लगानी गर्यौं भने  कमाउँछौं, भन्ने आधारमा लगानीकर्ताको ठूलो समूह यो बजारमा प्रवेश गरेको छ । यसको एउटा गुण के हो भने, यसलाई हामीले नियन्त्रण गर्न सक्दैनौं । बाढीलाई हामीले नियन्त्रण गर्न सक्दैनौं । अहिले लगानीकर्ता त्यो हिसावले आएका छन् । लगानी गरिसकेपछि उसले पनि प्रतिफल पाउनुपर्दछ, प्रतिफल नपाए उ यहाँ निरुत्साहित हुन्छ । यसले पुँजी बजारलाई पनि असर पर्न सक्छ । 
 
त्यसो भए ती नयाँ लगानीकर्ताको प्राथमिकता केमा छ ? 
अहिले धेरै मान्छेले लगानी गरेको सेक्टर बैंक, वित्तीय संस्था, हाइड्रोपावर, र दूरसञ्चार कम्पनी हो । उत्पादनमूलक उद्योगमा लगानीकर्ताको उत्साह छैन । जसले लगानी गरेको छ, त्यो लगानीकर्ताले नाफा त कमाउँछ कमाउँछ । नोक्सानमा दुइ चार प्रतिशत पर्नु बेग्लै कुरा हो । अब नाफा कति कमाउँछ भन्ने कुरा प्रश्न चिन्हमा छ । अहिले धेरैले बैंक तथा वित्तीय संस्थामा लगानी गरिरहेको छ, वित्तीय संस्थामा धेरै लगानी किन भइरहेको छ भने त्यहाँको नियामक निकाय बलियो छ । नियमक निकायका कारण तरलता बढ्ला, बैंकहरुलाई लगानी गर्न गाह्रो पर्ला, नाफा अलिकति कम होला तर जति नाफा हुन्छ त्यो त सुरक्षित हुन्छ । लगानी सुरक्षित छ भन्ने कुरामा अहिले लगानीकर्ता आश्वास्त भएका छन् । अब नाफा पनि हुनसक्ने सम्भावना भएपछि लगानी बढ्ने भयो । नेपालमा लगानीका कारणले बिकास नभएको त होइन । लगानी त छ, मान्छे पनि छ, नलेज पनि छ । समस्या कहाँ छ भने पोलिसिमा छ, कार्यान्वयन पाटोमा छ, पोलिटिकल स्ट्याबिलीटीमा छ । तर पोहोर जस्तो समस्या त अहिले छैन नि । अहिलेको निर्वाचनले त्यो बादललाई फटाल्यो । अब जुन इकोनोमिक पोलिसी आउँछ, सरकारले कम्प्याटिबल हुने खालको ल्याउनै पर्छ । अन्यथा सरकार मुभ नै गर्न सक्दैन, देश चल्न सक्दैन । किनभने हाम्रो पोलिसीलाई गर्भन गर्ने आइएफसी, वल्र्ड बैंक, इनटरनेशनल एजेन्सीहरु पनि पछाडि छन् । दास्रो हाम्रो चेतनाको स्तर धेरै माथि पुगेको छ । युवा जमातको शिक्षा, सोंच र समझ धेरै माथि छ । त्यसैले राम्रो नीति नलिई नहुने अवस्था छ । यो सबै प्यारामिटर पोजेटिभ भएकाले लगानीकर्ता पनि आए, डिमाण्ड पनि बढ्यो, त्यसले सेयर मूल्य बढायो । अहिले एउटा निश्चित के छ भने सेयरमा लगानी गरेको मान्छे नोक्सानमा पर्न सक्छ तर पुरै पैसा डुब्दैन् ।
 
तरलता बढ्दो छ, बैंकको मुनाफा संकुचित हुँदै गएको छ, यस्तो बेला बैंकिङ्ग क्षेत्रमा गरिएको लगानी प्रतिफलमुखी हुनसक्छ ? 
अब नेपालमा पाँच/छ बाणिज्य बैंक मर्ज गर्नैपर्छ । नत्र बैंकले स्थिर वृद्धि गर्न सक्दैन । उनीहरु मर्ज भएनन् भने ‘टेक्निकल ब्याकअप’का लागि चाहिने कुरा पुग्दैन । मर्जका लागि नियामक निकाय राष्ट्र बैंकले पनि सपोर्ट गरिरहेकै छ तर त्यसलाई कसरी इन्ट्रिग्रेट गर्ने, त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय लिन सकिरहेको छैन् । अहिले बैंक र वित्तीय संस्था पारिवारिक दायरा भित्र छ । तपाई हामी पनि आफ्नो ग्रिपमा भएको कम्पनी छोड्न सकिरहेका छैनौं । इन्टिग्रिटेड अप्रोच आइदियो भने पाँच/छ वटा मर्ज हुन्छ । होइन भने उनीहरुलाई मर्ज गर्न हाम्रो अर्थतन्त्रले पनि फोर्स गर्छ । इकोनोमीले फोर्स गरे पछि कि त डुब्नु पर्यो कि त बन्नु परयो । डुब्न त कोही चाहदैन् भनेपछि बन्ने मोडालिटिज बन्छ । त्यस कारण ठुलो बैंकहरु मर्ज हुने वित्तकै सेयरको भ्यालु झन् बढ्छ । त्यसपछि अफसोर फाइनान्सियल सर्भिसेजमा अहिलेसम्म काम भएको छैन । कुनै बेला एउटा बैंकको पुँजी एक करोड ८० लाखको हुन्थयो, ५० लाख कमाइरहेको थियो । त्यो बैंकले अहिले दुई सय करोड कमाउँछ भन्ने सोच्नै सक्दिन्थे । तर अहिले सोच पनि आएको , ग्रोथ पनि भएको छ । एसबीआई बैंकको सेयर १३ बर्ष अघि मैले २१ सयदेखि २५ सयमा किनेको हो । त्यो मैले व्यवस्थापनमा प्रवेश गर्ने  हिसाबले किनेको हुँ । पछि त्यो घटेर १६ सय पनि भयो । तर २१ सयमा किने पनि आज मलाई नोक्सान छैन । भनेपछि आज सेयर किन्नु महंगो होला तर चार/पाँच बर्ष पछाडी गएपछि त्यो सब्सडाइज हुन्छ । त्यसैले मैले संधैभरी भन्ने गर्छु लामो अवधिको लगानी । कुनै बेला अप एण्ड डाउन भए पनि दिर्घकालमा गएर त्यसले प्रतिफल दिन्छ, नोक्सान हुँदैन । संस्था राम्रो होस्, व्यवस्थापन राम्रो होस्, निक्षेप राम्रो होस् । पैसा त कसैको डुबेको छैन् नी । बीचमा बजार घटे पनि आज त हामी डुबेका छैनौं नि ।
 
बासेल टु लागु हुने कुराले बैंकहरुको मूल्य बढेको हो भनिएको छ, के यही कारण हो ?
इन्टरनेशन कमिटिले बैंकहरुको नियमनको लागि बनाएको नियम हो, बासेल थ्री । यो पाटो अहिले थाँती राखौं । तर अहिले बैंकहरुमा जुन पूँजी छ के त्यो पर्याप्त छ ? बैंकले आफ्नो कार्य क्षमता वृद्धिको लागि पूँजी वृद्धि गर्नैपर्छ । नियमक निकायले नभने पनि त्यो गर्नैपर्छ । चार, पाँच वटा बैंक अहिले मर्ज हुनपर्ने अवस्था आएको छ । अहिले बैंकहरुसंग भएको दुई अर्ब, तीन अर्बको पुँजीले टेक्निकल ब्याकअप भएको इन्टरनेशनल बैंकसंग कसरी कम्पिट गर्न सकिन्छ ? हाम्रा बैंकहरुले भारतमा नसक्लान तर कम्तिमा पनि दक्षिण एसियामा गएर काम गर्न सक्ने क्षमताको बनाउनु पर्ने बेला भएन ? नेपालमै बसि रहने हो भने मनि लेण्डर र बैंकबीच के फरक हुन्छ ? उसले त बैंकिङ गर्नुपर्छ । देश बाहिर पनि जानु पर्यो । त्यसको लागि एक्स्पोजर पनि चाहियो, टेक्निकल ब्याक अप पनि चाहियो । यो दुई चार अर्बको पूँजीले टेक्निकल ब्याक अप नै कायम हुनसक्दैन । दुई अर्ब पूँजी भएको बैंकले आफ्ना स्टाफलाई ग्लोबल ट्रेनिङ समेत दिन भ्याउदैन । उनीहरुलाई त्यो लेभलमा पुग्न दुई अर्ब, पाँच अर्ब पूँजीले पुग्दैन् । बासेल थ्री अनुसार पाँच अर्ब पूँजी पुर्याउनु पर्ने नियमनको लागि मात्रै हो । लार्जर साइजमा ग्रो गर्ने हो भने बैंकले मर्ज गर्नैपर्छ । दश अर्बको पूँजी भयो भने बंगलादेश वा श्रीलंकामा पुगेर शाखा खोल्न सकिन्छ । बैंक भनेको सर्भिस सेक्टर हो । आज श्रम बजारमा हामी श्रमिक पठाएर कमाउन सक्छौं भने बैंकिङ सेवा दिएर हामीले किन नकमाउने ?
अहिले बजारमा रेमिट्यान्सको पैसा आइरहेको छ । व्यक्तिगत रुपमा आएको रेमिट्यान्सको पैसाले काठमाडौंमा जग्गा किन्न सकिने अवस्था छैन । तपाईसंग ३०/४० लाख रुपैयाँ छ भने बैंकमा राखे ब्याज गतिलो आउँदैन । त्यसैले राम्रो संस्था छानेर स्टक बजारमा लगानी आइरहेको छ । त्यसबाहेक अहिले बैंकमा तरलता बढ्यो तर लगानी गर्न सकेनन् । व्याजदर घट्न थाल्यो अनि पैसा बजारमा आयो

हामीले बीचमा एउटा स्टोरी गर्यौं बीमा समूहको वृद्धि बारे । हामीले त्यति खेर बीमामा गरेको तपाईको लगानी जोखिममा त छैन भनेर । तपाई के देख्नु हुन्छ ?
म नन लाइफको कुरा गर्छु । नन लाइफमा मेरो जुन मोडालिटी छ त्यो बाटो भोली सरकारले खोलिदिने हो भने इन्स्योरेन्स कम्पनीको सेयर यो मूल्यमा पनि  पाइदैन । मैले बीमा समितिको अध्यक्षलाई पनि भनेको छु । यो क्षेत्रसंग सम्बन्धित अरु साथीलाई पनि भनेको छु । चार/पाँच इन्स्योरेन्स कम्पनी मर्ज गर्नुपर्छ । सबैले मिल्ने गरेर म्यानेजमेन्टको मोडालिटी, बोर्डको कम्पोजिसन म दिन्छु । त्यसपछि सरकारले त्यसलाई दिनुपर्ने मोटिभेस्नल वे आउट हो । त्यो इन्टिग्रेटेड अपरोच आउने हो भने अहिले नेपाली बीमा कम्पनीको सेयर १५ सय दुई हजारमा किने पनि नोक्सान हुने छैन । नन् लाइफमा त जोखीम छैन । मैले लाइफ इन्स्योरेन्सको स्टडी गरेको छैन । तर लाइफमा पनि जोखिम छैन ।
 
तपाई संस्थागत सुशासनको पक्षको लागि लड्नुहुन्छ, तर तपाई सञ्चालकमा रहेकै एभरेष्ट इन्स्योरेन्समा समस्या आयो नि ?
एभरेष्टमा चार समूह छ । मेरो बढि लगानी त छ तर पनि म त्यहाँ माइनोरिटीमा छु । जग्गा किन्ने बिषयदेखि नै त्यहाँ मेरो विवाद पर्यो । त्यो विवाददेखि तीन समूह एकातिर लागे म अर्को तिर भएँ । कतिपय बोर्डको माइनुटमा मेरो दस्तखत छैन । निर्णयहरु बहुमतले पारित गरे हुने व्यवस्था कम्पनी ऐनमा छ । यो हाम्रो कानूनको त्रुटी हो । कति पटक मैले बैठकमा नोट अफ डिसेन्ट लेखेको छु । कम्पनी ऐनले पनि नोट अफ डिसेन्ट लेख्न पाइने उल्लेख छ । तर त्यो नोट अफ डिसेन्टको सुनवाई कसले गर्ने ? कम्पनी सुशासनमा चल्न सकेन । आज त्यो कम्पनी कहा पुग्न पर्ने हो । कहाँ अल्झिएको छ । हामीले जहिले बीमा कम्पनी खोल्यौं, बीमा समितिले त्यतिखेर बोर्डले नियुक्त गरेको एक जना व्यक्ति सञ्चालक हुनुपर्छ भन्ने व्यवस्था गरेको थियो । अर्थमन्त्रालयका उपसचिव सरहको व्यक्ति एकजना एभरेष्टको सञ्चालकमा हुनुहुन्थ्यो । त्यति खेरसम्म बोर्डमा यस्ता अनियमितता हुन पाएन । तर पछि कि त मैले त्यो कम्पनीबाट सेयर बेचेर हिड्नु पर्यो । त्यसो नगर्दा मेजोरिटीले निर्णय गर्दा मैले नोट आफ डिसेन्ट लेखेर बस्नु पर्ने अवस्था आयो । केही नलागे पछि म एउटा सञ्चालक भएको दायित्वले मैले बीमा समितिमा पनि पटक पटक यस बारेमा भनें । अहिले बीमा समितिमा गएर हेर्नुस मैले त्यहाँ कति उजुरी गरेको छु । कम्पनी रजिष्ट्रार कार्यलयमा समेत उजुरी गरेको छु । तर सुनवाई नभइसकेपछि दिनभरी धाउन त मलाई पनि समय हुदैन नि । बीमा समितिले अहिले टेकओभर गर्नुको सट्टा पहिले नै गर्नुपर्दथ्यो । एक महिना भित्रै निर्णय गर्नुपर्दथ्यो । मैले त्यही बेला भनेको पनि थिएँ, जो व्यक्तिले ऐन बाहिर गएर काम गरेको छ उसलाई कारवाही गर्नुस् तर कम्पनीलाई खोल्नुस् । कम्पनीलाई नै बन्द गरेर कारवाही गर्न मिल्दैन । त्यहाँ समितिको गल्ति भयो । व्यक्तिले गरेको गल्तिको सन्दर्भमा कम्पनीलाई कारवाही गर्न मिल्छ ? अन्त्यमा समितिले फेरी कम्पनीलाई नै आदेश दियो कि कम्पनी ऐन अनुसार सम्बन्धित सञ्चालकलाई कारवाही गर भनेर । कारवाही गर्ने कसले जब बोर्ड नै उनीहरुको छ । 
 
कुनै समय अग्रस्थानमा रहेको यो कम्पनी राम्रोसंग चलिरहेको भए अहिले कम्पनीले धेरै प्रतिफल दिने रहेछ नि ?
त्यहा अरु पनि धेरै बिकृती भएको छ । सुक्ष्म रुपमा विश्लेषण गरियो भने थाहा हुन्छ । पछि कतिसम्म भयो भने बोर्डमा छलफलका बिषय नै ल्याउन छोडियो । बोर्डलाई कुनै कुराको जानकारी नै नदिने, बोर्ड माइनुट पनि आफुखुशी गर्ने । यी कुरा त नियमक निकायले त्यही समयदेखि हेर्नुपर्ने हो ।
 
कम्पनीमा भएको खास समस्या के हो ?
यो एउटा व्यक्तिको इगो हो । नियमक निकायले टेक ओभर नगरेको भए त हाम्रो लगानी डुबेको थियो । अब लगानी कसले डुबाउने काम गर्यो, जसको इन्टेन्सन थियो, जवाफ उसैले दिनुपर्छ । यो मेरो दुर्भाग्य हो । आज म सोल्टि होटेलमा पनि सञ्चालक छु, त्यहाको जस्तो कर्पाेरेट गभर्नेन्स कहिं छैन । 
 
जस्तो तपाईंले व्यवस्थापन सम्हालेका कम्पनीका कुरा गर्दा, तपाईं एसबीआई बैंकमा हुनुहुन्छ, यसको भविष्य के ? 
म एसबीआई जाने बेलामा सेयरको मूल्य चार सय हाराहारीमा थियो । तीन वर्षको अवधिमा सेयर मूल्य बढेर एक हजार रुपैयाँ भयो । बजार नबढेको भए पनि आठ सय रुपैयाँ पुग्थ्यो । मैले त्यहाँ हरेक बर्ष बोनस सेयर दिने, लाभांस नियमित गराएँ । तर त्यसले पनि मलाई अझै चित्त बुझेको छैन । यसपालीको तीन महिनाको नाफा २२ करोड भयो । मैले एसबीआईका लागि पूरै योजना बनाएको छु, त्यो योजना एसबीआई भारतलाई पनि दिएको छु, नेपालको व्यवस्थापनमा पनि राखेको छु । यदी मैले दिएका सुझाव उनीहरुले माने भने, भोली बैंकहरुको भीडमा यो लिडिङ बैंक हुन्छ । पोलिसी र भिजन मैले दिन सक्छु । त्यो पोलिसी र भिजन एसबीआई बैंकले अपनाउन पर्छ, उनीहरुसँग प्राविधिक रुपमा, वित्तीइ रुपमा ब्याक अप छ । मैले बैंकमा शतप्रतिशत जनताबाट समर्थन पाइहाल्छु । त्यो पाएपछि मेरो नीति लागू हुन्छ । त्यो योजना लागू भएपछि नाफा मलाई पनि आउँछ, जनतालाई पनि आउँछ । कम्पनी बलियो भएपछि राष्ट्र बैंकले पनि पाउँछ । आज तीन महिनामा २२ करोडको नाफा आयो, अब हेर्नूस मैले भने जस्तो हुँदै गए, तीन बर्षमा दुई सय करोडभन्दा बढि नाफा नाघ्छ । म लगानी मात्र गर्दिन्, म त्यो संस्था कसरी बलियो बनाउन सकिन्छ भन्नेतर्फ पनि केन्द्रित हुन्छु ।
 
हाम्रो अन्तर्वार्ताको सुरुमा तपाईले भन्नु भयो कि निर्मल प्रधानले ऋण लिएर रिक्स लिनुभयो, त्यसको अर्थ तपाई आफ्नो पुँजी मात्रै लगाउन सल्लाह दिनुहुन्छ ?
म इक्विटी इन्भेष्टमेन्ट ऋण लिएर गर्नुपर्छ भन्दिन । क्यापिटल मार्केटमा सेयर टे«डिङ पनि एउटा प्रडक्टका रुपमा आयो, यसमा ऋण लिएर लगानी हुन थाल्यो । तर म इक्विटीको रुपमा ऋण लिएर लगानी नगर्न सुझाव दिन्छु । अब कुनै संस्थाको ५/१० प्रतिशत सेयर लिनु पर्यो भने ऋण लिएर लगानी गर्नु हुँदैन । त्यहाँ आफ्नो व्यवस्थापकीय सोंच हर्नुपर्दछ । सेयर लिएर एक करोड दुई करोड कमाउँछु भन्ने एउटा भो, त्यही संस्थामा लामो समयसम्म बस्छु भन्ने अर्का सोच हो । लामो समय बस्छु भने त्यो इक्विटी भयो । आज म लगानी गरेर तीन बर्षपछि बेच्छु भन्यो भने त्यो ट्रेडिङ नेचर भयो । इक्विटी नेचरमा लामो समयका लागि जानुछ भने ऋण लिएर जानु हुँदैन् । सर्ट टर्ममा जाँदा पनि धेरै ऋण लिएर जानु हुँदैन् । किनभने जुन बेला क्यापिटल मार्केट खस्क्यो, त्यतिवेला निर्मल प्रधानलाई  समस्या पर्यो । ऋण लिएर लगानी गर्ने धेरै साथीहरु त्यतिवेला समस्यामा परे । मैले पनि त्यतिवेला सेयर धितोमा राखेर अन्य व्यापार व्यावसायका लागि ऋण लिएँ ।