काठमाडौं । दुई वित्त कम्पनी र एक बिकास बैंक मर्ज भएर बनेको एपेक्स डेभलपमेन्ट बैंकको आइतवारबाट कारोबार खुलेको नेप्सेले जनाएको छ । मर्जर अगाडीको रोयल मर्चेन्ट एण्ड फाइनान्सको कायम मूल्यबाट एपेक्स बैंकको सेयर कारोबार खुल्ने भएको हो । सन् २०१२ जुलाई २३ गते अन्तिम पटक कारोबार हुँदा रोयलको सेयर मूल्य एक सय १० रुपैयाँ रहेको थियो ।
रोयल मर्चेन्ट एण्ड फाइनान्स, अपि फाइनान्स र रारा बिकास बैंक मिलेर एपेक्स डेभलपमेन्ट बैंक बनेको हो । यि तीनवटै बैंकको सेयर १ः१ः१ अनुपातमा स्वाप भएको नेप्सेले जनाएको छ । चालु आवको पहिलो त्रैमाशमा एपेक्स बैंकको नौं करोड ९४ लाख नोक्सानमा रहेको थियो । बैंकको चुक्तापूँजी ६६ करोड रुपैयाँ, निक्षेप चार अर्ब ४० करोड रुपैयाँ रहेको छ । बैंकले तीन अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।










