खराब कर्जाका लागि ५१ करोड छुट्टयाउँदा पनि नविलको नाफा १७२ करोड नाघ्यो

बिजमाण्डू
२०६९ साउन २९ गते ००:०० | Aug 13, 2012

काठमाडौं । नविल बैंकले आफ्नो मुनाफा ४० करोड रुपैयाँले बढउँदै एक अर्ब ७२ करोड रुपैयाँसहित सबैभन्दा धेरै मुनाफा गर्ने बैंकका रुपमा आफूलाई उभ्याएको छ । नविलले गतवर्ष नविल बैंकबाट एक अर्ब ७१ करोड रुपैयाँ र नविलका सबसिडरी कम्पनीबाट ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको आज प्रकासित वित्तीय विवरणमा छ ।
अघिल्लो आर्थिक वर्षमा नविल बैंकले एक अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षमा सञ्चालन मुनाफा दुई अर्ब ५६ करोड रुपैयाँ गरेको छ, त्यसअघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो मुनाफा दुई अर्ब आठ करोड रुपैयाँ थियो । बैंकसँग गत आर्थिक वर्षको अन्तिमसम्म ६४ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । बैंकले त्यसअघिल्लो आर्थिक वर्षभन्दा पाँच अर्ब रुपैयाँले निक्षेप बढाएको हो । बैंकले १४ अर्ब रुपैयाँ लगानी र ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष बैंकको व्याज आम्दानी मात्रै ७० करोड रुपैयाँले बढेको छ । बैंकले छ अर्ब १४ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने व्याज भुक्तानीका लागि तीन अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ । बैंकको खराब कर्जा पनि सामान्य बढेको छ । अघिल्लो वर्ष एक दशमलव ७७ प्रतिशत खराब कर्जा भएको नविलमा खराब कर्जाको हिस्सा बढेर दुई दशमलव २६ प्रतिशत पुगेको छ । बैंकले खराब कर्जाका लागि ५१ करोड ६५ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो वर्ष बैंककले यस्तो कर्जाका लागि जम्मा दश करोड रुपैयाँ मात्रै व्यवस्था गरेको थियो ।
नविल बैंकबाट ऋण लिएको एनबी समूह प्रवद्धित बीएण्डबी हरिसिद्धी मेडिकल कलेज एण्ड टिचिङ  अस्पतालका लागि लिएको १४ करोड ऋण र सिनर्जी हाइड्रोपावरले लगेको झण्डै त्यति नै बराबरको रकम खराब कर्जामा परिणत भएपछि बैंकले ठूलो रकम खराब कर्जाका लागि छुट्टयाउनु परेको हो ।
बैंकले गतवर्ष एक अर्ब ३३ करोडको नाफाबाट ३० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले यो वर्ष ४० देखि ६० प्रतिशतको हाराहारीमा लाभांश दिने अनुमान गरिएको छ । नविल बैंकमा विनोद चौधरीको ५३ प्रतिशत सेयर लगानी छ ।

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुहोस्

नबिल बैंकबाट चौधरीलाई दशैं आसपास ५० करोड रुपैयाँ बढीको डिभिडेन्ड प्राप्त हुँदै

http://www.bizmandu.com/content/-339.html#.UCiCz6BeP1Q