चिनीयाँ स्टिभ जब्स, जसले गरे अर्बैंको आम्दानी

बिजमाण्डू
२०६९ साउन २९ गते ००:०० | Aug 13, 2012

धेरै अमेरिकनहरु उद्यमीहरु स्टिभ जब्स र एप्पलसँग आफूलाई तुलना गर्न हिच्किचाउँछन्, तर तपाईलाई स्टिभ जब्सजस्तै कुनै अर्को क्रेजी मान्छेको खोजी गर्नु छ भने चीन गए हुन्छ । महिला तथा सज्जनवृन्द चीन गए तपाई कालो कमिज र जिन्स पाइन्ट लगाएका लिउ जुनलाई भेट्न सक्नुहुन्छ, जो चीनमा सबैभन्दा चल्तिको स्र्माटफोन उत्पादन गर्ने कम्पनी जिओमीमा अर्वपती मालिक हुन् ।
वेइजिङको कम्पनी जिओमी एन्ड्रोइड स्र्माटफोन विक्री गर्छ जसलाई एमआई –वान भनिन्छ, क्वालकमको डुअल कोर प्रोसेसर भएको यो फोनको मूल्य भने आश्चर्यजनक कम छ, जुन चीनमा विक्री हुने अरु स्मार्टफोनको तुलनामा धेरै सस्तो छ । सुविधायुक्त मोवाइल र सस्तो मूल्यले चिनियाँ उपभोक्तालाई नराम्रोसँग तानेको छ । गतवर्ष जब जिओमीको यो फोन विक्रीका लागि बजारमा गयो तब कम्पनीले ३४ घण्टामा तीन लाख फोनको अर्डर पायो ।
एमआई–वान विक्री सुरु गरेको एक वर्षभन्दा कम समयमा कम्पनीले ३० लाख भन्दा बढी स्म्राटफोन विक्री गर्यो र विक्री गर्ने क्रम अझै जारी छ । त्यसैले चीनमा यसलाई फोन तातो छ, रातो तातो, एप्पल तातो भनिन्छ । लिउ, जो ४३ वर्षका उद्यमी हुन्, उनी एप्पलका लागि स्टिभ जब्स जस्तै जिओमीका लागि सार्वजनिक अनुहार हुन । उनका थुप्रै फ्यानहरु छन्, जो प्रविधीका किरा मानिन्छन् । कम्पनीले हरेक वर्ष लिउका फ्यानका लागि सम्मेलनको आयोजना गर्छ । त्यहाँ लिउका डाइहार्ट फ्यानहरु गीत गाउँछन्, नाच्छन् अनि खेल खेल्छन् । लिउका माइक्रो व्लगिङ साइटमा उनलाई ४० लाख फ्यानले पछ्याएका छन् । उनी मिटक र जिओमी च्याटमा घण्टौं विताउँछन्, जहाँ उनलाई मोवाइलका प्रयोगकर्ताहरुले गहन सुझाव दिन्छन् ।
लिउले पहिलो ठूलो ब्रेक सन् २००४ मा गरेका थिए, जहाँ उनले जोयो डट कम नामको खुद्रा विक्रेता साइट एमाजनलाई सात करोड ५० लाख डलर (साढे छ अर्ब रुपैयाँमा) विक्री गरेका थिए । तीन वर्षपछि उनले किंगसफ्ट एन्टिभाइरसलाई हङकङ स्टक एक्सचेञ्जमा दर्ता गराए ।
उनी मोवाइल एप्लिकेशन विक्री गर्ने युसी वेभ र र रियल टाइम भिडियो एप्लिकेशन विक्री गर्ने वाईवाई डटकमका लगानीकर्ता समेत हुन् ।
लिउले सन् २०१० मा साथी लिन बिन, जो माइक्रोसफ्ट र गुगलका इन्जिनियर पनि हुन्, उनीसँग मिलेर जिओमी खडा गरेका थिए । लिन बिन अहिले जिओमीका अध्यक्ष छन् । दुवै साथी ४३ वर्षका छन्, दुवैका छोरी छन् । लिनका तीन छोरी छन् भने लिउका दुई छोरी छन् । जिओमी बनाउनु अघि उनीहरुले उच्च क्षमता भएका र कम मूल्यका मोवाइलको सपना देखेका थिए, जो पुरा गरेरै छाडे पनि ।
उनीहरुको यही ठूलो सोंचले मोवाइलको मूल्य कम गर्यो र उपभोक्तलाई धेरै सुविधा दियो । तर जिओमी मोवाइलका उपभोक्ताले एप्पल आइफोनको जस्तो सफ्टवेयरका लागि एप्पल स्टोरलाई पैसा भने तिर्नुपरेन ।
कम्पनीले एप्पलका उत्पादनसँग जिओमीका उत्पादनहरु तुलना गर्न ग्राहकलाई त उक्साउँछ तर लिउ आफूलाई स्टिभसँग तुलना गर्न भने रुचाउँदैनन् । लिउका लागि जब्स उत्प्रेरणाका स्रोत हुन तर जब्सले एप्पलका उत्पादन सार्वजनिक गर्दा जस्तै जिओमी मोवाइल लन्च गर्दा लिउले टिसर्ट र पाइन्ट लगाउनुलाई भने उनी पछ्याएको ठान्दैनन्, मैले टिसर्ट र जिन्स लगाउनुको अर्थ थियो मेरो इ व्यापार गर्ने साइटको प्रचार गर्नु, लिउ भन्छन् ।
उनका सहकर्मी भन्छन्, लिउलाई सुरुमा लिउ बु सी कम्पनीको जागिरबाट निकालिएको थियो । उनले पनि स्टिभले एप्पलमा देखाएको इच्छाशक्ति जागिरबाट निकालिएपछि आफ्ना कम्पनीमा देखाए । जसले उनलाई चीनको स्टिभ जब्स बनायो । लिउले फब्र्सलाई दिएको अन्र्तवार्तामा भन्छन्, यदी जब्स चीनमा हुन्थे भने उनी सफल हुने थिएनन्, जब्स सबै कुरामा पूर्णता खोज्थे, चीनियाँ संस्कृती मध्यमार्गी बाटोहरु खोज्छ, जहाँ केही कुरामा ‘कम्प्रोमाइज’ पनि गर्नुपर्दछ । अमेरिकी कम्पनीलाई यो एउटा शिक्षा पनि हो, गुगलले केही कुरामा ‘कम्प्रोमाइज’ गरेको भए चीनको मुख्यभूमीबाट हिंड्नुपर्ने थिएन ।

Tata
GBIME
Nepal Life