डलर आम्दानी बढेपछि चार्टडको नाफा ११७ करोड, प्रतिसेयर आम्दानी ७२ रुपैयाँ

बिजमाण्डू
२०६९ साउन ३० गते ००:०० | Aug 14, 2012
डलर आम्दानी बढेपछि चार्टडको नाफा ११७ करोड, प्रतिसेयर आम्दानी ७२ रुपैयाँ

काठमाडौं । डलर किनबेचबाट आउने आम्दानी बढेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नाफा एक अर्ब १६ करोड ८९ लाख रुपैयाँ पुगेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षभन्दा चार प्रतिशतले बढी हो । बैंकले आम्दानीको प्रमुख स्रोत मानिने ऋण लगानी एक प्रतिशतभन्दा कम (०.८८)ले मात्र वढाएको छ । गत वर्ष ऋणको ब्याज महँगो भएका कारण ब्याज आम्दानी ८.६३ प्रतिशतले वढेको छ । तर डलर किनबेचबाट उसले १८.८५ प्रतिशत वढी आम्दानी गरेको छ । बैंकले यसबाट ४६ करोड ८५ लाख आम्दानी गरेको छ ।
खुद व्याज आम्दानी ८.६३ प्रतिशतले वढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । एलसी, बैंक ग्यारेन्टीलगायतबाट मनग्य आम्दानी गर्ने बैंकको यस पटक त्यस्तो आम्दानी घटेको छ । बैंकको यस्तो आम्दानी १२.८९ प्रतिशतले घटेको छ । छुट तथा कमिसन र अन्य आम्दानी (व्याज वाहेक) गरी बैंकले ३० करोड ६१ लाख रुपैयाँ गरेको छ ।
बैंकले खराव कर्जामा परिणत भएको ऋण उठाए पनि व्याज पाप्त नभएको ऋणको अनुपात भने बढाएको छ । बैंकले अघिल्लो बर्ष खराब कर्जामा परिणत भएको १९ करोड नौ लाख रुपैयाँ यसपटक उठाएको छ । ऋण उठाए पनि अरु ऋण नउठेपछि २० करोड ८२ लाख रुपैयाँ नाफाबाट नोक्सानी व्यवस्थामा सारेको छ । नोक्सानी व्यवस्थाको रकम अघिल्लो वर्षकोभन्दा १ सय ५२ प्रतिशतले वढेको हो ।
बैंकको कुल ऋण १८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यो २० करोड रुपैयाँको वृद्धि हो । बैंकले रियलस्टेटमा दिएको ऋण ९.२८ प्रतिशतले घटाएको छ । अहिले बैंकसँग १ अर्ब ६५ करोड रुपैयाँ रियलस्टेट ऋण छ ।
बैंकको निक्षेप भने घटेको छ । अन्य बैंकको निक्षेप वढिरहेका बेला स्ट्यान्र्डड चार्टर्डको भने ५.३५ प्रतिशतले घटेर ३५ अर्ब ९६ करोड रुपैयाँ पुगेको हो । तरलता वढि हुन थालेपछि बैंकले निक्षेपको ब्याज ठूलो मात्रामा घटाएपछि सर्वसाधारणको बचत घटेको हो । बैंकले एक वर्षे मुद्दति निक्षेपमा जम्मा साढे तीन प्रतिशत व्याज दिन थालेको छ ।
बैंकको नाफा अपेक्षा गरिए अनुसार नवढेपछि यसको प्रति सेयर आम्दानी ७२ रुपैयाँभन्दा वढी भएकाले सर्वसाधारण सेयरधनीले प्रतिफल राम्रो पाउन सक्छन् । अघिल्लो वर्ष  प्रति सेयर आम्दानी साढे ६९ रुपैयाँ हुँदा सेयरधनीले ५० प्रतिशत नगद लाभांस पाएका थिए । बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा छ । बैंकको खराव ऋणको अनुपात सामान्य वढेको छ । खराव ऋण ०.६२ बाटा वढेर ०.७८ प्रतिशत पुगेको छ । बैंकको पुँजी कोषमा सुधार आएको छ । १४.२२ प्रतिशत रहेको पुँजी पर्याप्तता अनुपात १६.२८ प्रतिशत पुगेकोे छ ।

Tata
GBIME
Nepal Life