यती विकास बैंकमा एनडेप र प्रोग्रेसिभ फाइनान्स मर्ज हुँदै, चुक्ता पुँजी दुई अर्ब नाघ्ने, शाखा ५३



बिजमाण्डू
२०७० पुष २८ गते ००:०० | Jan 12, 2014

काठमाडौं । तीन वित्तीय संस्था मर्जपछि बनेको यती विकास बैंकमा थप दुई वटा वित्तीय संस्था मर्जको सहमति भएको छ । यती विकास बैंकमा एनडेप विकास बैंक र प्रोग्रेसिभ फाइनान्स मर्ज हुन लागेको हो । यती विकास बैंक मनकामना डेभलपमेण्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्स मर्जपछि बनेको हो । तीन संस्था मर्जरपछि बनेको यती डेभलपमेण्ट बंैक, एनडिइपी डेभलपमेण्ट बैंक र प्रोग्रेशिभ फाइनान्स एक आपसमा गाभ्न/गाभीन भएको समझदारीमा आइतवार हस्ताक्षर भएको छ । 
स्रोतका अनुसार यी तिन वटै संस्थाको स्वाप रेसिया बराबरी रहनेछ । अर्थात गाभिएपछि तीन वटै संस्थाका सेयरधनीको सेयर संख्या घटबढ हुनेछैन् ।
 
मर्ज हुन लागेका तीन संस्थाको पछिल्लो विवरण (हजारमा)

Tata
GBIME
Nepal Life
  यती विकास बैंक   एनडेप विकास बैंक प्रोग्रेसिभ फाइनान्स
चुक्ता पुँजी १३५३९२० ५८२४५१ १२००००
निक्षेप ५८८१९४२ ४३५०६९९ २१९०४३
कर्जा ५३७३९५५ ३३०१८०७ २५६४९९
नाफा (३२४५१२) (२६५००) ८०१
खराब कर्जा २०.०६ प्रतिशत ६.३९ प्रतिशत १९.२६ प्रतिशत
एक आपसमा गाभिएपछि बैंकको चुक्ता पूँजी दुई अर्ब आठ करोड रुपैयाँ पुग्ने छ । मर्जपछि बन्ने बैंकमा निक्षेप ११ अर्ब रुपैयाँभन्दा बढी हुने, कर्जा रकम नौ अर्ब रुपैयाँभन्दा बढी हुने, आइतवार जारी प्रेस विज्ञप्तिमा छ । मर्जर पछि बन्ने सस्थाको कूल ग्राहक संख्या एक लाख भन्दा बढी पुग्ने ५३ वटा शाखा र २८ वटा एटिएम सञ्जाल हुने जानकारी पनि आइतवार जारी प्रेस विज्ञप्तिमा छ । 
मनकामना डेभलपमेण्ट बैंक, यती फाइनान्स र भ्याली फाइनान्सले यती डेभलपमेन्ट बैंकले असार ३१ गतेबाट एकीकृत कारोवार सुरु गरेका हुन् । अन्तिम चरणमा इन्फ्रास्ट्रक्चर विकास बैंक मर्ज प्रक्रियाबाट पछि हटेपछि तीन वित्तीय संस्था मात्रै मर्ज भएका हुन् । 
तीन संस्था गाभिए पछि  बैंकको चुक्ता पूँजी एक अर्ब ३८ करोड, निक्षेप संकलन र कर्जा लगानी दुवै पाँच अर्बभन्दा बढी भएको थिया । अहिले यती विकास बैंकको शाखा संख्या २५ पुगेको छ भने  एटिएम सञ्जाल २० वटा छ । यतीमा कर्मचारी संख्या दुई सय ३६  जना र ग्राहक संख्या ६० हजार नाघेको छ ।  चुक्ता पुँजीको आधारमा यती डेभलपमेण्ट बैंक लिमिटेड सबै भन्दा ठुलो बिकास बैंक हो ।

स्रोतका अनुसार यी तिन वटै संस्थाको स्वाप रेसिया बराबरी रहनेछ । अर्थात गाभिएपछि तीन वटै संस्थाका सेयरधनीको सेयर संख्या घटबढ हुनेछैन् ।
यती विकास बैंकसँग अहिले एक अर्ब ३५ करोड रुपैयाँको चुक्ता पुँजी छ त्यसैगरी एनडेप विकास बैंकको ५८ करोड २४ लाख र प्रोग्रेसिभ फाइनान्सको १२ करोड रुपैयाँ चुक्ता पुँजी छ । मर्जमा गएका तीन वटै संस्थाको खराब कर्जाको हिस्सा धेरै छ । यती विकास बैंकसँग २० प्रतिशत, एनडेपसँग ६.३९ प्रतिशत र प्रोग्रेसिभसँग १९.२६ प्रतिशत खराब कर्जा छ । 
खराब कर्जाको हिस्सा ठूलो भएक कारण यती र एनडेप घाटामा छन् भने प्रोग्रेसिभ फाइनान्स गत आर्थिक वर्षमा घाटामा थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यती र एनडेप घाटामा भए पनि प्रोग्रेसिभले भने आठ लाख रुपैयाँ नाफामा छ ।