इन्भेष्टमेन्टमा भएको सेयर बेच्न राष्ट्रिय बाणिज्यले थप्यो एक महिना, न्युनत्तम मूल्य भने उही

बिजमाण्डू
२०७० माघ २ गते ००:०० | Jan 16, 2014
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सबै संस्थापक सेयर विक्री गर्न माग गरेको प्रस्ताव एक महिनाका लागि बढाएको छ । यसअघि बैंकले संस्थापक सेयर विक्री गर्न ३५ दिने सूचना जारी गरेको छ । माग बमोजिमको प्रस्ताव नपरेपछि बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकमा भएको १५ प्रतिशत९५६ लाख ५२ हजार १६ कित्ता० संस्थापक सेयर  विक्रीको प्रस्ताव पशे गर्ने म्याद एक महिना थपेको हो ।
बैंकले यो सेयर विक्रीका लागि ५९४ रुपैयाँको न्युनत्तम मूल्य तोकेको छ । यो मूल्य बैंकले आफ्ना सञ्चालक समितिका सदस्यहरु राखेर निर्धारण गरेको हो । बैंकले ठूलो रकमको सेयर भएकाले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजी बिमा कम्पनीहरुलाई विक्रीका लागि प्राथमिकतामा राखेको छ । यी संस्थापक लगानीकर्तासँग राष्ट्रिय बाणिज्य बैंकले पुस मसान्त भित्र सेयर खरिदको प्रस्ताव मागे गरेको हो । 
नेपाल राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाको सेयरमा अर्को बैंक तथा वित्तीय संस्थाले लगानी गर्न नपाउने केही बर्ष अगाडि निर्देशन दिएको थियो । यही निर्देशन अनुसार बैंकले इन्भेष्टमेन्ट बैंकको सेयर विक्री गर्ने प्रकृया सुरु गरेको हो । 
बैंकको सेयर प्रस्ताव बमोजिम न्युनत्तम मूल्यमा विक्री भए तीन अर्ब ३६ करोड रुपैयाँ प्राप्त गर्नेछ । राष्ट्रिय बाणिज्य बैंकले यो सेयर विक्रीपछि आफ्नो नेटवर्थ बढाउन प्रयोग गर्नेछ ।  बैंकले अहिलेकै अवस्थामा पनि आगामी चार बर्षभित्र पुँजी कोष १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । इन्भेष्टमेन्ट बैंकको सेयर विक्रीबाट आएको रकम गणना गर्दा पुँजी कोष १० प्रतिशत पुर्याउने लक्ष्य दुई बर्षभित्रै पुरा हुने छ । पछिल्लो १३ बर्षदेखि ऋणात्मक भएको बैंकको पुँजी कोष गत बर्षको पुसबाट धनात्मक भएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुको पुँजी कोष अनुपात १० प्रतिशत माथि हुनु पर्ने व्यवस्था गरेको छ ।
राष्ट्रिय बाणिज्य बैंकले क्रस होल्डिङ्गमा रहेको नेपाल आवास फाइनान्स कम्पनीको सेयर विक्री गर्ने समय पनि थपेको छ । फाइनान्समा बैंकको एक लाख ९६ हजार कित्ता संस्थापक सेयर छ । बैंकले यो सेयरका लागि प्रतिकित्ता १०१ रुपैयाँ न्युनत्तम मूल्य तोकेको छ । न्युनत्तम मूल्यमा सेयर विक्री भए बैंकले झण्डै दुई करोड रुपैयाँ प्राप्त गर्नेछ ।
 

Tata
GBIME
Nepal Life