लक्ष्मी लघुवित्त संस्था यसै बर्ष प्राथमिक सेयर जारी गर्दै, तीन लाख कित्ता सेयर सर्वसाधारणमा

बिजमाण्डू
२०७० माघ २ गते ००:०० | Jan 16, 2014
काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निस्कास गर्ने भएको छ । कम्पनीले कुल चुक्ता पुँजी १० करोडको ३० प्रतिशत बराबर सेयर चालु बर्षभित्रै सर्वसाधारणमा जारी गर्न लागेको दोस्रो वार्षिक साधारणसभामा जनाएको छ । 
सभामा गत बर्ष कम्पनीले धादिङ, बाँके, दोलखा, धनकुटा, ईलाम, पाल्पा र नवलपरासीमा र चालु बर्ष तनहुँ, लमजुङ, मुस्ताङ, बझाङ, बैतडी र कञ्चनपुर जिल्लामा समेत शाखा बिस्तार गरिएको जानकारी दिइएको थियो । कम्पनीले मंसिर मसान्तसम्म १५ जिल्लामा स्थापित १८ वटा शाखा कार्यालयमार्फत पाँच सय ७८ केन्द्र स्थापना गरिसकेको छ ।
आठ हजार तीन सय ६७ जना ग्राहकलाई लघुवित्त सेवा पुर्याइसकेको कम्पनीले २२ करोड ३५ लाख ४० हजार कर्जा बितरण गरिसकेको छ । तीन करोड १२ लाख १४ हजार बचत संकलन गरेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षमा थप चार वटा शाखा स्थापन गरि शाखा संख्या २२ पुर्याउने जनाएको छ । 
 

Tata
GBIME
Nepal Life