काठमाडौं। नेपाल बैंकमा होल्डिङ बढाइरहेको बताएका निर्मल प्रधानले आइतबार भने बैंकको ४१ करोड रुपैयाँ बराबरको सेयर बेचेका छन् । प्रधानले बेचेको सेयर बैंकमै लगानी रहेका रविभक्त श्रेष्ठले खरिद गरेको बजार स्रोतहरुले बताएका छन् । श्रेष्ठले आफ्नो नाममा नभइ आफ्नो कम्पनी शिवविक्रम ल्याण्ड एण्ड इण्डष्ट्रि नामक कम्पनी मार्फत् खरीद गरेका हुन् ।
आइतवार नेपाल स्टकमा नेपाल बैंकको मात्रै ४५ करोड रुपैयाँको सेयर कारोवार भयो । त्यसमध्ये श्रेष्ठले ११ लाख कित्ता सेयर खरिद गरेका हुन् । उनले प्रतिकित्ता सेयरका लागि ३७७ रुपैयाँ चुकाएको नेप्सेको फलोरसिटबाट देखिन्छ ।

यसअघि शिवविक्रम कम्पनीको नामबाट अन्य कम्पनीको नाममा सेयर बिक्री भइरहेकोमा अहिले खरीद गरेको हो । सन् २००२ देखि सञ्चालक समिति बिहीन नेपाल बैंकमा रविभक्त श्रेष्ठ, निर्मल प्रधान र नितेश अग्रवाल संलग्न समूहको चासो बढि रहेको देखिन्थ्यो । तर नेपाल राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडको व्यवस्थापन थप छ महिना हेर्ने भएको जानकारी आइतवार सार्वजनिक गरेपछि प्रधानले सेयर बेचेका हुन् ।
आइतवार बैंकको सबैभन्दा ठूलो कारोवार नौ लाख तीन हजार ९९४ कित्ता सेयरको छ । यो सेयर प्रतिकित्ता ३७७ रुपैयाँमा विक्री गर्दा ३४ करोड आठ लाख रुपैयाँमा कारोवार भएको छ । त्यसैगरी एउटा कारोवार ९५ हजार कित्ताको छ, यो सेयर पनि प्रतिकित्ता ३७७ मै विक्री भएको छ । एउटा कारोवार ३४ हजार कित्ता, अर्को एउटा ३० हजार, अर्को एउटा २१ हजार पाँच सय कित्ता सेयर विक्री भएको छ । यो सबै सेयर प्रतिकित्ता ३७७ रुपैयाँमा विक्री भएको हो । यो सबै सेयरको मूल्य ४१ करोड रुपैयाँ माथि छ ।

सेयर धनीलाई नेपाल बैंक हस्तान्तरण गर्नुपर्ने धारणा पटक पटक सार्वजनिक गर्दै आइरहेका प्रधानले थप छ महिना पर्खन नचाहेको देखिन्छ । राष्ट्र बैंकको सञ्चालक समितिले बैंकको व्यवस्थापन थप छ महिना जिम्मा लिएर अधुरा काम अगाडि वढाउने निर्णय गरेको हो । गत चैतमा सञ्चालक समितिको वैठकमार्फत पुस मसान्त सम्मका लागि व्यवस्थापन जिम्मा लिएको राष्ट्र बैंकले आफूले अगाडि वढाएका सुधारका कार्य बाँकी रहेको भन्दै अझै छ महिना व्यवस्थापन हेर्ने निर्णय गरेको हो ।
बैंकको सेयरमा लगानी गरेर केही बर्षसम्म बैंकबाट प्रतिफल नआउने भए पनि कारोबार वृद्धि हुनुमा मूख्यतया ठुला लगानीकर्ताको लक्ष्य सञ्चालक बन्नु रहदै आएको थियो । तर राष्ट्र बैंकले आफ्नो सक्रृयतामा पुँजी बृद्धि भए पनि पहिले निर्णय भइसकेका अचल सम्पतिहरु विक्री भइनसकेकाले थप छ महिना व्यवस्थापन आफैले हेर्न चाहेको बताएको छ ।
प्रधानले नेपाल बैंकले हकप्रद सेयर दिनु अघि र असोजको दोस्रो साता बैंकको बोलकबोलबाट भएको सेयर बिक्रीको क्रममा मात्र १२र१३ हजार कित्ता सेयर उठाएका थिए । तर पछिल्लो समय भने उनले लगानी खासै बढाएका थिएनन् । प्रधानले गत महिना आफ्नो नाममा भने बजारबाट सानोसानो परिमाणमा मात्र सेयर उठाइरहेका थिए । उनले त्यो अवधिमा बजारबाट केही पटक पाँचरछ हजार कित्ताको दरमा मात्र सेयर खरिद गरेका थिए ।
नेपाल बैंकको व्यवस्थापन प्रमुखको जिम्मेबारी राष्ट्र बैंकका निर्देशक महेश्वरलाल श्रेष्ठले निर्वाह गरिरहेका छन् । सन् २००२ मा वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु भएपछि राष्ट्र बैंक नेपाल बैंकमा कुनै न कुनै रुपमा सहभागी हुँदै आएको छ । नेपाल बैंकको यो वर्षको पहिलो त्रैमासमा मुनाफा २४ प्रतिशतले घटेर दुई करोड ११ लाखमा सिमित भएको छ । नेपाल बैंकको खुद व्याज आम्दानी साढे दुई प्रतिशतले र खर्च तथा प्रोभिजनिङ बढेपछि नाफा बढ्न सकेको छैन् ।
बैंकको ४३ करोड खुद व्याज आम्दानी गरेको छ । बैंकले अघिल्लो पटकभन्दा दुई करोड रुपैयाँ बढि रकम थपेर छ करोड ५२ लाख रुपेयाँ प्रोभिजनिङको रुपमा छुट्याएको छ । बैंकको कर्मचारी खर्च र अन्य खर्च पनि बढेको देखिन्छ । बैंक चार करोड ७५ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको भए पनि यसअघि खराब कर्जा बापत छुट्याएको चार करोड ६९ लाख रकम फिर्ता गरेपछि नाफा दुई करोड नाघेको हो ।
बैंकले बिदेशी मुद्राको बिनिमयबाट पनि पाँच करोड ८६ लाख आम्दानी गरेको छ । बैंकको निक्षेप १२ प्रतिशतले बढाएर ६३ अर्ब रुपैयाँ र कर्जा २४ प्रतिशतले बढाएर ३७ अर्ब पुर्याएको छ ।