मर्ज प्रक्रियामा रहेको कमर्जले दुई प्रतिशत बोनस सेयरको घोषणा, राष्ट्र बैंकबाट स्वीकृत होला ?



बिजमाण्डू
२०७० माघ १३ गते ००:०० | Jan 27, 2014
काठमाडौं । ग्लोबल आईएमई बैंकसँग मर्ज प्रक्रियामा रहेको कमर्ज एण्ड ट्रष्ट बैंकले सेयरधनीलाई दुई प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको बोनस सेयर केन्द्रिय बैंकको स्वीकृती र साधरणसभाको अनुमतिमा वितरण गर्न मिल्छ । कुनै पनि बैंकले घोषणा गरेको यो बोनस सेयर अहिलेसम्मकै न्युन हो ।
तीन वर्षदेखि सञ्चालनमा रहेको बैंकले गत आर्थिक वर्षमा सर्वसाधरणलाई सेयर बाँडफाँड गरेको थियो । बैंकले सञ्चालनको पहिलो बर्ष दुई करोड २७ लाख, दोस्रो बर्ष एक करोड ५१ लाख र आइपीओ जारी गरेको बर्ष पाँच करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । 
नाफाबाट सञ्चित तथा जगेडा कोषमा बार्षिक रुपमा २० प्रतिशत रकम राखेपछि  बैंकले सात करोड ७२ लाख रुपैयाँ बोनस बाँड्न मिल्छ । यो रकम चुक्ता पूँजीको ३।८६ प्रतिशत हो । तर बैंकले गर्ने यस्तो निर्णय नेपाल राष्ट्र बैंक र साधरणसभाको अन्तिम स्वीकृतीमा भर पर्छ ।
बैंकले घोषणा गरेको न्युन लाभांस केन्द्रिय बैंकले स्वीकृत गर्न भने कठिन पर्ने बताइएको छ । अहिलेसम्म कुनै पनि बैंकले दुई प्रतिशत बोनस सेयरको घोषणा गरेका छैनन्, यति न्युन प्रतिफललाई केन्द्रिय बैंकले कसरी स्वीकृत गर्छ ? चालु आर्थिक बर्षको पहिलो छ महिनामा बैंकले जम्मा एक करोड ६४ लाख रुपैयाँ मुनाफा गरेको छ । बैंकले पहिलो त्रैमासमा एक करोड २६ लाख रुपैयाँ नोक्सानमा  थियो ।  बैंकको लाभांस स्वीकृत भएप्छि बैंकको चुक्ता पुँजी चार करोड रुपैयाँले बढ्नेछ । बोनस सेयर घोषणासम्वन्धी यही निर्णयका कारण ग्लोबल र कमर्जको मर्ज प्रक्रिया ढिला भैरहेको स्रोतले जानकारी दिएका छन् । 
 

Tata
GBIME
Nepal Life