फाइटर सिरिजको एफ–१५ मोडेलका मोवाइल नेपाली बजारमा

बिजमाण्डू
२०६९ भदौ १ गते ००:०० | Aug 17, 2012
फाइटर सिरिजको एफ–१५ मोडेलका मोवाइल नेपाली बजारमा

काठमाडौ । टेलिटक प्रालिले कलर्सको फाइटर सिरिजका एफ– १५ मोडेलको मोबाइल नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यो मोबाइलमा डुयल सिम राख्न सकिन्छ । कम्पनीका अनुसार यो मोबाइलमा २.२ इन्चको स्क्रीन छ । शुन्य दशमलब ३ मेगापिक्सलको क्यामरासहितको मोबाइलमा ब्लुटुथ, डब्ल्यूएपी पनि सर्पोट गर्ने कम्पनीले जनाएको छ ।  यो मोबाइलमा टर्च लाइट, ३.५ एमएमको अडियो ज्याक, एमपीथ्री लगायतका सुविधा छ । यो मोबाइलले ८ जीबीसम्मको मेमोरी विस्तार गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ ।

Tata
GBIME
Nepal Life