छ हजार नेपाली दक्षिण कोरिया जाने, उत्पादनमुलक उद्योगमा मात्र रोजगारी, गत वर्षभन्दा कोटा बढ्यो

बिजमाण्डू
२०७० फागुन २१ गते ००:०० | Mar 5, 2014
छ हजार नेपाली दक्षिण कोरिया जाने, उत्पादनमुलक उद्योगमा मात्र रोजगारी, गत वर्षभन्दा कोटा बढ्यो


काठमाडौं । दक्षिण कोरियाले सन् २०१४ मा करिव छ हजार नेपालीलाई रोजगारी दिने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत पाँच हजार सातसय नेपालीलाई दक्षिण कोरिया लगिने त्यहाँको मानव संसाधन विभागले जनाएको छ । गत वर्ष पाँच हजार दुईसय ३४ नेपालीले दक्षिण कोरियामा काम पाएका थिए ।
यस वर्ष दक्षिण कोरियाले विदेशी कामदारको संख्या घटाए पनि नेपालीको संख्या भने बढेको छ । सन् २०१४ का लागि इपिएस अन्र्तगत ५३ हजार विदेशी कामदार लिइने विभागले जनाएको छ । गत वर्ष ६४ हजार विदेशी कामदार लिएको थियो ।

विभागका अनुसार, दक्षिण कोरियामा कामदार पठाउनेमा नेपाल कम्बोडिया, इण्डोनेसिया र थाइल्याण्डपछि चौथो स्थानमा रहेको छ ।
नेपालबाट लगिने पाँच् हजार सातसय कामदार सबै उत्पादनमुलक उद्योगमा काम गर्ने छन् । कृषि तथा मत्स्यपालनमा नेपाली कामदार लिने नलिने बारेमा अहिले केही निर्णय भएको छैन् । दक्षिण कोरियाले इपिएस कामदारको संख्या प्रत्येक वर्ष मार्च महिनामा निर्धारण गर्दछ । त्यहाँका साना तथा मझौला उद्योगको माग अनुसार यस्तो कोटा निर्धारण हुने गर्दछ ।
एकपटक कोरिया गएर तीन वर्ष काम गरी फर्केका कामदारले पनि कम्प्युटर आधारित भाषा परिक्षा पास गरेर अहिलेको मागमा आवेदन दिन सक्ने व्यवस्था इपिएसमा गरिएको छ । प्रत्येक तीन–तीन महिनामा यस्तो परिक्षा हुने गर्दछ । यसपटकको परिक्षा मार्च १२ मा हुदैछ ।
इपिएस अन्र्तगत दक्षिण कोरियाको रोजगारीमा राम्रो आम्दानी हुने भएकोले वैदेशिक रोजगारीको सबैभन्दा आर्कषक गन्तव्यमा दक्षिण कोरिया पर्दछ । इपिइस कामदारले सरदर मासिक एकलाख नेपाली रुपैया कमाउछन् यो रकम खाडी र मलेसियाको औषत आम्दानी भन्दा चार गुणा बढी हो ।
सन् २००७ मा इपिएस सुरु भएदेखि नै दक्षिण कोरियाली रोजगारीमा जान हजारौ युवाले आवेदन दिदै आएका छन् । सन् २००८ को पहिलो कोरियाली भाषा परिक्षाका लागि आवेदन दिनेको संख्या ३२ हजार थियो भने सन् २०११ मा त्यो बढेर ५१ हजार पुगेको थियो । गत वर्ष भाषा परिक्षामा सहभागीको संख्या ४७ हजार थियो ।
दक्षिण कोरियामा करिव १८ हजार नेपाली रहेको अनुमान छ । ति मध्ये करिव १५ हजार नेपाली इपिएस अन्र्तगत त्यहाँ पुगेका हुन ।

Tata
GBIME
Nepal Life

छ वर्षमा ५७ नेपालीको मृत्यु
सन् २००७ मा इपिएस सुरुभएपछि दक्षिण कोरियामा मर्ने नेपाली कामदारको संख्या ५७ पुगेको छ । यसरी मर्ने नेपालीमध्ये धेरैले आत्महत्या गर्ने गरेका छन् भने केहीको मृत्यु रहस्यमय नै बन्ने गरेको छ । नयाँ परिवेस, कठिन काम, अमानविय व्यवहारका कारण धेरै नेपालीले ज्यान गुमाउनु परेको सोलस्थित नेपाली दुतावासले बताउदै आएको छ ।
नेपालीको मृत्युप्रति दक्षिण कोरिया सरकार संवेदनशील रहेको र समस्या पहिचान र निवारणका लागि प्रयत्नशील रहने नेपालस्थित इपिएस केन्द्रका निर्देशक लि दोङ र्सिकले बताए । हामी समस्या समाधानमा प्रयत्नशील छौ, उनले भने ।