अरुण भ्यालीको हकप्रद चैत ११ गतेदेखि, एक बराबर एक सेयरका दरले हकप्रदका आवेदन दिन पाउने

बिजमाण्डू
२०७० फागुन २५ गते ००:०० | Mar 9, 2014
अरुण भ्यालीको हकप्रद चैत ११ गतेदेखि, एक बराबर एक सेयरका दरले हकप्रदका आवेदन दिन पाउने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी चैत ११ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ । फागुन १ गते भन्दा पहिलेका सेयर धनीले एक बराबर एकका दरले हकप्रद खरिदका लागि आवेदन दिनसक्नेछन् । कम्पनीले हाल कायम ३५ लाख चार हजार नौं सय ३० कित्ता साधारण सेयर बराबरको हकप्रद निश्कासन गरेको हो । सर्वसाधारणले प्रतिकित्ता एक सय रुपैयाँका दरले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यो कम्पनीले पिलुवा खोलाबाट तीन मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । हकप्रद वापत जम्मा हुने पैसा काबेली—१ जलविद्यूत आयोजनामा खर्च गरिने जनाइएको छ । अरुण भ्यालीले सहायक कम्पनी स्थापना गरी काबेली—१ जलविद्यूत आयोजना निर्माण गर्न लागेको हो । अरुण हाइड्रोको सञ्चालक समिति र साधारण सभाले तीन वर्ष अघि नै हकप्रद निश्कासन गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिभित्रै विवाद भएपछि हकप्रद निश्कासन पछि सरेको हो ।
अरुण भ्यालीको ३०.२७ प्रतिसत सेयर सर्वसाधारणमा र ६९.७३ प्रतिसत सेयर सस्थापक समूहमा छ । कम्पनीको चुक्तापुजी ३५ करोड चार लाख रुपैयाँ छ । हकप्रद निश्कासन पछि कम्पनीको चुक्तापुजी ७० करोड नौं लाख ८६ हजार रुपैयाँ पुग्छ । सर्वसाधारण लगानीकर्ताले एलिट क्यापिटल र अरुणभ्याली हाइड्रो पावरको कार्यालयमा हकप्रद सेयरको फारम बुझाउन सक्छन् ।

Tata
GBIME
Nepal Life