ग्लोबल र कमर्ज गाभ्न अन्तिम स्वीकृती माग्दै राष्ट्र बैंकमा आवेदन, चैतमा एक हुँदै



बिजमाण्डू
२०७० फागुन २५ गते ००:०० | Mar 9, 2014
ग्लोबल र कमर्ज गाभ्न अन्तिम स्वीकृती माग्दै राष्ट्र बैंकमा आवेदन, चैतमा एक हुँदै


काठमाडौं । ग्लोबल आइएमई बैंक र कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लिमिटेड गाभ्ने/गाभिने सम्बन्धी अन्तिम सम्झौताका लागि नेपाल राष्ट्र बैंकमा आवेदन गरिएको छ । दुबै बैंकको साधारणसभाले गाभ्ने/गाभिने विशेष प्रस्ताव स्वीकृत गरिसकेको हुनाले अन्तिम स्वीकृती लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निबेदन पेश गरिएको ग्लोबल बैंकले जारी प्रेस विज्ञप्तिमा छ  ।
दुवै बैंकको गाभ्ने÷गाभिने कार्य २०७० साल चैत्र महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको बैंकले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंकमा कर्मज एण्ड ट्रस्ट बैंक नेपाल लिमिटेड गाभिएपछि बैंकले ग्लोबल आइएमई बैंकको नामबाट नै कारोबार गर्नेछ ।
दुवै बैंक एकआपसमा गाभिएपछि बैंकको कुल चुक्ता पूँजी चार अर्व १० करोड, ४८ अर्व निक्षेप, ४० अर्व रुपैयाँ कर्जा लगानी हुनेछ ।
त्यसैगरी मर्जपछि ८८ वटा शाखा कार्यलय, ७९ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ्ग सेवा  र ९ वटा एक्सटेन्सन काउण्टर मार्फत सर्वसाधारण माझ सेवा प्रदान गरिने बैंकले जानकारी दिएको छ । मर्जरपछि बैंकको ग्राहक संख्या करिब पाँच लाख पुग्ने छ ।

Tata
GBIME
Nepal Life