मर्जरअघि सफल संस्था मर्जरपछि वित्तीय समस्यामा, प्रतिफल दिएका संस्थाहरु घाटामै जान थाले



बिजमाण्डू
२०७० फागुन ३० गते ००:०० | Mar 14, 2014
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं। मर्जरमा 'वान प्लस वान बराबर थि्र' हुन्छ भन्ने मान्यता राखिन्छ। तर नेपालमा भएका बैंक तथा वित्तीय संस्थाका अधिकांस मर्जर 'थि्र' होइन 'टु' पनि बन्न नसकेको अवस्था छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्वन्धि विनियमावली–२०६८ ल्याएसँगै नेपालमा औपचारिक रुपमा बैंक तथा वित्तीय संस्था आपसमा गाहिन सुरु भएको हो। केन्द्रीय बैंकले मर्जर नीति ल्याएपछि आपसमा गाभिएका २१ वटा संस्थाको अध्ययन तथा विश्लेषण बिजमाण्डूले गरेको छ।
नेपालमा खासगरी तीन वटा कारणले बैंक तथा वित्तीय संस्था मर्जरका लागि तयार भएको देखिन्छ। एक, पुँजी अभावले थप लगानी गर्ने अवस्था नरहेर नाफा घट्न थालेकाले। दोस्रो व्यवसायिक वित्तीय अवस्था विग्रिएर अस्तित्व संकटमा पर्न थालेकाले। र तेस्रो, क्षेत्रीयस्तरबाट राष्ट्रियस्तरमा कारोबार थाल्नका लागि। 
मर्जरमा अपेक्षित सफलता हासिल नहुनुका कारण
{“dataSourceUrl”:”//docs.google.com/spreadsheet/tq?key=0Aolt6aPbylnjdFB5WXg3UEx5ZDR2b2MweTdLV0pIdEE&transpose=0&headers=1&range=A1%3AE4&gid=0&pub=1″,”options”:{“vAxes”:[{“useFormatFromData”:true,”title”:null,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null},{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null}],”titleTextStyle”:{“fontSize”:16},”booleanRole”:”certainty”,”title”:”Chart title”,”height”:130,”animation”:{“duration”:500},”legend”:”right”,”width”:600,”focusTarget”:”series”,”hAxis”:{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”maxValue”:null},”tooltip”:{“trigger”:”none”}},”state”:{},”view”:{},”isDefaultVisualization”:false,”chartType”:”Table”,”chartName”:”Chart 1″} बैंक तथा वित्तीय संस्थाको वृद्धि भएसँगै राष्ट्र बैंकलाई संख्या घटाउन अन्तर्राष्ट्रिय मुद्रा कोषको सुझाव र सुपरीवेक्षकीय प्रभावकारितामा प्रश्न चिन्ह उठेपछि मर्जरमा लैजानु पर्ने दवाव पर्‍यो। यसले गर्दा मर्जरमा जानका लागि बैंक तथा वित्तीय संस्थालाई नीतिगत दवाव दिएको हो।
राष्ट्र बैंकका अधिकारीहरु पनि बिगत चाहेर वा बाध्यतावश भएतापनि ईजाजत नीति खुकुलो भएकाले संस्थाको संख्या अस्वभाविक रुपमा वढेकाले यसलाई घटाउनु पर्ने बताउँछन्। राष्ट्र बैंकलाई संख्या घटाउनु पर्ने दवाव र क्षमता तथा पुँजीका कारण वित्तीय संस्थाहरु मर्जरमा जानु परेकाले पनि मर्जरको बाध्यता अनुसार 'वान प्लस वान बराबर थि्र' हुन नसकेको हो।
एक दुई करोडमा बिकास बैंक, फाइनान्स कम्पनी सञ्चालनको अनुमति दिईएकाले सुरुकै बर्षदेखि निक्षेपकर्ताको रकमबाट तलब तथा अन्य खर्च गर्नु पर्ने अवस्था देखिन थालेको छ। यस्ता बित्तीय संस्थाले मर्जरका लागि अन्य कम्पनी पाउनका लागि कानूनी र ब्यवहारिक कठिनाई छ। 
ब्यवसायिक घरनाहरुमा एकआपसमा हुने ब्यापारिक प्रतिस्पर्धा  र ब्यक्तिगत अहम् पनि संस्थाहरु एकआपसमा गाभिन कठिन भएको छ। पारिवारिक नियन्त्रण तथा परम्परागत रुपमा चलेका बित्तीय संस्थाहरुमा हुने निर्णय प्रकृयाहरु र नीति निर्देशिकामा हुने अस्पष्टता, अपारदर्शीता कारण मर्जर भएपछि जटिलता थपिने गरेको छ। सुरुमै सबै विवादित विषयहरुहरुल्ाई नमिलाई मर्जर गर्दा पछि सफल हुन गाह्रो परेको हो। 
समग्र जनशक्ति ब्यवस्थापन मर्जरका लागि अर्को कडा चुनौति हो। धेरैवटा संस्थामा रहेका कर्मचारीको संख्या, उनीहरुको शैक्षिक योग्यता, अनुभव, उमेर, आकांक्षा कार्य संस्कृति लगायतका पक्षहरुलाई मिलाएर लैजान नसक्दा मर्जरपछि जटिलता थपिने गरेको छ। 
२१ बैंक तथा वित्तीय संस्था गाभिएर बनेको आठ वटा संस्थामाथि गरिएको विश्लेषणका आधारमा थोरै संस्था 'थि्र' बने भने अधिकांस 'टु' पनि बन्न सकेका छैनन्। खराव सम्पतिलाई व्यवस्थापन गरेर आगामी दिन संस्थाहरुले आफूलाई मजवुत बनाउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विजमाण्डूले अहिलेसम्म उपलब्ध वित्तीय विवरण, प्रतिफललगायतको विश्लेषण गर्ने जमर्को गरेको छ।
कम्पनीहरुको सञ्चालन नाफा मार्जिन, नाफा मार्जिन, प्रतिसेयर आम्दानीको आधारलाई समेटिएको छ। सञ्चालन नाफा मार्जिन र नाफा मार्जिनको तुलनाले व्यवस्थापनले व्यवसाय सञ्चालनबाट कतिको आम्दानी लिन सकिरहेको छ भन्ने देखाउँछ। यस्तो मार्जिन जति धेरै भयो उति राम्रो मानिन्छ। त्यस्तै, प्रति सेयर आम्दानीले कम्पनीको प्रति सेयर बराबर कति आम्दानी भइरहेको छ भन्ने देखाउँछ।     
मर्जर सफल/असफल
बिगतमा नेपालको बित्तीय प्रणालीले जस्तै समस्या भोगेका मुलुकले समस्या समाधानको बिकल्पको रुपमा मर्जरलाई विकल्पका रुपमा प्रयोग गरेका छन्। यसमा सफलता र असफलता दुवै मिलेको छ। 
सन् २००२ देखि २००९ सम्म मर्ज भएका इजिप्सियन बैंकहरुमा गरिएको सर्वेक्षण अनुसार बैंक तथा बित्तीय संस्थाहरु एकआपसमा गाभिएपछि पनि उल्लेख्य सफलता हासिल गर्न सकेको देखिएन। 
तर मलेसियन बैंकहरुको सर्न्दभमा गाभिएपछि सफलता हासिल गरेको पाईयो। बिभिन्न अध्ययन तथा अनुसन्धानहरुबाट तुलनात्मक रुपमा ठुला बैंकभन्दा साना बैंकहरुको मर्जर सफल भएको पाइएको छ। युरोपमा गरिएको एक अध्ययनले मर्जरपछि बैंकहरुले आम्दानी वृद्धि गरेर भन्दा लागत कम गरेर मुनाफा आर्जन गरेको देखिन्छ। 
संसारकै ठुला एक हजार बैंकहरुमध्ये प्राथमिक पुँजीको आधारमा ६१औं वरियता क्रममा पर्ने भारतको एसविआइ बैंकको स्थापना तत्कालिन तीन ठुला बैंकहरुको मर्जरबाट भएको थियो। एसबिआइ अहिले भारतकै ठूलो बैंकका रुपमा कारोबार गरिरहेको छ। 
 
एपेक्स डेभलपमेन्ट बैंक 
गत असारमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा बिकास बैंक र अपि फाइनान्स गाभिएर एपेक्स डेभलपमेन्ट बैंक बनेको हो। बैंक चालु आवको दोस्रो त्रैमाशमा भने आठ करोड ५० लाख रुपैयाँ नोक्सानमा छ। बैंकको यो अवधिको सञ्चालन नोक्सान आठ करोड ४६ लाख रुपैयाँ छ। बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च धेरै भएपछि खुद व्याज आम्दनी पनि ४६ हजारले नकारात्मक रहेको छ। यी तीन संस्था मर्जर हुनु अघि (गत आवको तेेस्रो त्रैमाशमा) नाफामा थिए। स्वभाविक रुपमा मर्जरपछि बैंकको निक्षेप र कर्जामा वृद्धि भएको छ। मर्जरपछि तीन अर्ब ८५ करोड निक्षेप पुगेको बैंकको हाल पाँच अर्ब नौं करोड रुपैयाँ रहेको छ। त्यस्तै, तीन अर्ब ४० करोड रुपैयाँ कर्जाबाट तीन अर्ब ७४ करोड कर्जा लगानी भएको छ। बैंकले हालै बुटवल र दैलेखमा शाखा बिस्तार गरेर शाखा संख्या १६ बाट बढाएर १८ पुर्‍याउदै छ। 
 
ग्लोबल आइएमइ बैंक 
गत बर्षको असारमा ग्लोबल बैंक, आइएमइ फाइनान्स, लर्ड बुद्ध फाइनान्स गाभिएर बनेको ग्लोबल आइएमइ बैंकमा गत असारमा गुल्मि बिकास बैंक र सोसियल डेभलपमेन्ट बैंक पनि गाभिए। यी पाँच बैंकको मर्जर अघिको सञ्चालन मुनाफा मार्जिन र नाफा मार्जिनको तुलनामा मर्जर पछिको यस्तो मार्जिन बढेको देखिन्छ। 
बैंक चालु आवको दोस्रो त्रैमाशमा ५३ करोड रुपैयाँ नाफामा रहेको छ। मर्जर हुनु अघिको दोस्रो त्रैमासमा सोसियल डेभलपमेन्ट बैंक नोक्सानमा रहेको थियो। मर्जर पछिको बैंकको प्रति सेयर आम्दानीमा पनि वृद्धि भएर ३८ रुपैयाँ पुगेको छ। मर्जरपछि बैंकको निक्षेप बढेर ३२ अर्ब रुपैयाँ र कर्जा २६ अर्ब रुपैयाँ भएकोमा यो रकममा थप वृद्धि भएको छ। बैंकको शाखा संख्या ७२ र छ वटा एक्सटेन्सन काउन्टर पुगेको छ। 
 
एनआइसी एसिया बैंक
एनआइसी बैंक र बैंक अफ एसिया नेपाल मर्ज भएर बनेको एनआइसी एसिया बैंकको गत असारबाट एकिकृत वासलात आएको हो। बैंकको नाफा, निक्षेप कर्जामा वृद्धि भएपनि प्रतिसेयर आम्दानी, सञ्चालन नाफा मार्जिन र नाफा मार्जिन अघिको एनआइसी एसियाको तुलनामा भने कम नै छ। बैंकले चालु आवको दोस्रो त्रैमाशमा ३८ करोड रुपैयाँ नाफा कमाएको छ। निक्षेप र कर्जामा भएको वृद्धिदर पनि केही सुस्त छ। 
 
एच एण्ड बी डेभलपमेन्ट बैंक 
दुई बर्ष अगाडी हिमचुली बिकास बैंक र बीरगन्ज फाइनान्स बीचको मर्जरबाट बनेको एच एण्ड बी डेभलपमेन्ट बैंकको अवस्था भने झन् बिग्रिएको छ। बैंकको कुलेश्वर शाखामा भएको ८३ करोडभन्दा धेरै रकमको अनियमितताले बैंकको साख मात्र घटाएन बैंकको वित्तीय अवस्थामा समेत विगारेको छ। वीरगन्ज र हिमचुली मर्जर हुनु अगाडि आव २०६८/६९ को तेस्रो त्रैमासमा दुवै संस्था नाफामा रहेका थिए। चालु आवको दोस्रो त्रैमाशमा भने एचएण्डबी डेभलपमेन्ट बैंक १९ करोड २१ लाख रुपैयाँ नोक्सानमा रहेको छ। बैंकको प्रतिसेयर आम्दानी पनि ४२ रुपैयाँले नकारात्मक छ।  
 
इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक 
गत बर्षको असारमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र स्वस्तिक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच मर्ज भएको थियो। मर्जरपछि बनेको इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंक हाल सञ्चालन नोक्सानमा रहेको छ। बैंक एक करोड दुई लाख सञ्चालन नोक्सानमा छ। तर बैंकको नाफा भने दुई करोड ५० लाख रुपैयाँ रहेको छ। गत आवको दोस्रो त्रैमाशमा भने बैंक एक करोड ७० लाख रुपैयाँ नोक्सानमा थियो। मर्जर अघिको तुलनामा भने बैंकको नाफा मार्जिन भने केही बढेको छ।
 
माछापूच्छ्रे बैंक
गत बर्षको असारमा स्ट्याण्डर्ड फाइनान्स र माछापूच्छ्रे बैंकबीच मर्जर भएको हो। तर त्यही असारमा एकिकृत रुपमा आएको बैंकको वित्तीय विवरण अनुसार बैंक ४९ लाख ९१ हजार सञ्चालन नोक्सानमा रहेको थियो। मर्जरपछि पहिलो त्रैमाशमा बैंकको नाफा बढेको भएपनि चालु आवको दोस्रो त्रैमासमा नाफा छ सय प्रतिशतले बढेर २० करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा मार्जिन र नाफा मार्जिनमा पनि वृद्धि भएको छ। 
 
प्रोफेसनल दियालो बिकास बैंक
प्रोफेशनल बिकास बैंक र दियालो बिकास बैंक मर्ज भएर गत असारबाट प्रोफेशनल बिकास बैंक सञ्चालनमा आएको छ। मर्जरपछि पनि बैंकको नाफामा उल्लेख्य सुधार हुन सकेको छैन। चालु आवको दोस्रो त्रैमाशमा बैंकको नाफा ५३ लाख रहेको थियो। गत आवको दोस्रो त्रैमाशमा प्रोफेशनल बिकास ३६ लाख रुपैयाँ नाफामा थियो भने दियालो ४६ लाख नाफामा थियो। मर्जर अघिको तुलनामा सञ्चालन नाफा मार्जिन र नाफा मार्जिन पनि कम रहेको छ। बैंकको कर्जा लगानी र निक्षेप भने बढेको छ। 
 
यति बिकास बैंक
मनकामना बिकास बैंक, भ्याली फाइनान्स र यति फाइनान्स मर्जरपछि गत असारबाट यति बिकास बैंक बनेको हो। घरेलु बिकास बैंकबाट नाम परिवर्तन सहित बनेकोे मनकामना बिकास बैंक मर्जर अगाडि नै नोक्सानमा रहेको थियो। घरेलु बिकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त समेत घोषणा गरेको थियो। गत आवको तेस्रो बैशाखमा भने मनकामना बिकास बैंक सात करोड ६१ लाख नोक्सानमा थियो। भ्याली फाइनान्स पनि सो अवधिमा ८४ लाख २३ हजार सञ्चालन नोक्सानमा थियो।  घाटामा रहेका दुई संस्थाको वाहुल्यताले मर्जरपछि बनेको यति बिकास बैंक चालु आवको दोस्रो त्रैमाशमा भने २६ करोड रुपैयाँ नोक्सानमा गएको छ। बैंकको व्याज आम्दानी मर्जरअघिको मनकामना बिकास बैंकको भन्दा कम छ। बैंकको प्रतिसेयर आम्दानी पनि ३८ रुपैयाँले नकारात्मक रहेको छ। एक लाख मूल्यको जग्गाको धितोमा ७० लाख रुपैयाँ कर्जा दिइएको कारण बैंकका केही सञ्चालकहरुलाई गत पुषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो।  
 

Tata
GBIME
Nepal Life