इन्भेष्टमेन्ट बैंकले सर्वसाधरण सेयर हिस्सा बढाउनुपर्ने, एफपिओ वा संस्थापक सेयर बदल्ने विकल्प

बिजमाण्डू
२०७० चैत्र २ गते ००:०० | Mar 16, 2014

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले थप १० प्रतिशत सेयर पुनः सर्बसाधारणमा बिक्री गर्नु पर्ने वा संस्थापक सेयरलाई सर्वसाधरणमा परिवर्तन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार बैंकमा सर्वसाधरणको हिस्सा २० प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याउनुपर्ने छ ।

फागनु २७ गते राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार, विदेशी बैंकले आफ्नो लगानी फिर्ता लगि नेपाली व्यक्ति तथा संस्थालाई विक्री गरेको अवस्थामा सम्बन्धित वित्तीय संस्थाले सर्वसाधारण सेयर हिस्सा ३० प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गरेको थियो । नेपाली लगानीकर्ताले तत्कालिन इन्डोस्वेज बैंक खरिद गरी इन्भेष्टमेन्ट बैंकका रुपमा सञ्चालन गरिरहेका छन् ।
इन्भेष्टमेन्ट बैंकमा विदेशी लगानीकर्ता फिर्ता भइसक्दा पनि सर्वसाधारणको सेयर हिस्सा २० प्रतिशत मात्र छ । राष्ट्र बैंकको निर्देशनअनुसार इन्भेष्टमेन्ट बैंकले २० प्रतिशत हिस्सालाई ३० प्रतिशत पु¥याउनु पर्छ ।
एफपिओबाट बैंकले सेयर विक्री गर्नु परेमा बैंकले प्रिमियम थपेर सर्वसाधारणलाई विक्री गर्न सक्छ । ‘कुनै विदेशी बैंक वा वित्तीय संस्थाको लगानी रहेको कारणबाट इजाजतपत्र प्राप्त संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि आफ्नो कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत सेयर छुट्याउनु पर्ने व्यवस्थामा छुट पाईरहेका छन्,’ राष्ट्र बैंकको निर्देशनमा छ, ‘कुनै कारणवश विदेशी लगानी फिर्ता लगी नेपाली व्यक्ति वा संस्थालाई विक्री गरेको अवस्थामा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले एक वर्षभित्र सर्वसाधारण सेयरको हिस्सा कम्तीमा तीस प्रतिशत पुर्याउनु पर्ने छ ।’
राष्ट्र बैंकको निर्देशनले सेयर हिस्सा ३० प्रतिशत पु¥याउन वाँकी रहेका संस्थाहरुलाई २०७२ असार मसान्तभित्र सर्वसाधारण सेयरको हिस्सा ३० प्रतिशत पुर्याउन निर्देशन दिएको हो । नेपामा इन्डोस्वेज बैंकले १९८६ देखि कारोबार सञ्चालन गरेको थियो ।
नेपाली र फ्रेन्चको संयुक्त लगानीमा खुलेको इन्डोस्वेजले सन् २००२ बाट आफ्नो सेयर विक्री गरेर वाहिरिएको थियो । तत्कालिन इन्डोस्वेजको ५० प्रतिशत सेयर नेपाल लगानीकर्ताले खरिद गरेका थिए । नेपाली लगानीकर्ताले बैंक खरिद गरेपछि नाम परिवर्तन गरेर नेपाल इन्भेष्टमेन्ट बैंक बनाइएको हो ।
बैंकमा प्रमुख प्रवद्र्धकमा राष्ट्रिय बाणिज्य बैंक, राष्ट्रिय बिमा संस्थान छन् । एउटा वित्तीय संस्थाले अर्को वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने व्यवस्थाका कारण राष्ट्रिय बाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको सेयर विक्री गर्ने प्रकृया सुरु गरिसकेको छ ।
बैंकले गत बर्षको नाफाबाट आफ्ना लागनीकर्ताहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत अर्थात ९४ करोड २० लाख रुपैयाँ नगद लाभांस र ३७ करोड ६८ लाख रुपैयाँ बराबरको वोनस सेयर वितरण गरेको थियो ।

Tata
GBIME
Nepal Life