गूगल ग्लास अब अझ आकर्षक बन्ने, चस्मा उत्पादक लक्सोटिकासंग गुगलले मिलायो हात

बिजमाण्डू
२०७० चैत्र १३ गते ००:०० | Mar 27, 2014
गूगल ग्लास अब अझ आकर्षक बन्ने, चस्मा उत्पादक लक्सोटिकासंग गुगलले मिलायो हात

अपार प्रमोद/एजेन्सिको सहयोगमा
क्यालीफोर्निया ।  सर्च इन्जिन जायन्ट गूगलले आफ्नो बहु प्रतिक्षित उत्पादन गूगल ग्लासको लागि चस्मा बजारमा राम्रो हिस्सा ओगटेका ब्रान्डसंग हातेमालो गर्ने भएको छ । उसले आफ्नो ब्लगमा लक्सोटिका समूहसंगको हातेमालो सार्बजनिक गरेको हो । लक्सोटिका समूहले लक्जरी र खेलकुदमा प्रयोग हुने चस्मा उत्पादन गर्छ । यसका अमेरिकाभित्र मात्रै पनि पाँच हजारभन्दा ज्यादा होलसेल तथा रिटेल स्टोर छन् ।
विश्वप्रसिद्ध इटालियन कम्पनी रेबन, ओएक्लि, वोजु(आईविएर, ओलिवर पिपलस्, अलिन मिक्ली, अर्नेट जस्ता ब्रान्डका चस्मा लक्सोटिका परिवारमा आबद्ध छन् । अहिलेनै गूगल ग्लाससंग ४० भन्दा बढी ग्लास कस्टोमाईजेसन अप्सन छन् तर त्यति पर्याप्त भने छैनन् । हालसालै गूगलले ग्लासको लागि सफ्टवेयर डेभलपमेन्ट किट (एसडीके) सार्बजनिक गरेको छ ।
एसडीके सार्बजनिकपछि एन्ड्रोइड डेभलपरले आफ्नो आवश्कता अनुसार गूगल ग्लासलाई प्रोग्रामिंग गर्न सक्छ जसले गर्दा गूगल ग्लासको लोकप्रियता बढ्न जान्छ । एन्ड्रोईड प्रोग्रामरले गूगलले दिएभन्दा भिन्न र अझ परिस्कृत सुबिधा आफै थप्न सक्ने र गूगल ग्लासलाई अझ उपयोगी बनाउन सक्नेछन् । आफ्नो रोजाईको चस्मा फ्रेममा गूगल फिचर्स जोडिएपछि पावरजडित चस्माको प्रयोग गर्ने नयाँ प्रयोगकर्ताको ध्यान तानिने निश्चित छ । स्मार्टफोनलाई केहि हदसम्म भएपनि विस्थापन गर्न सक्ने सुबिधा यसमा समाबेश छन् ।
स्मार्ट ग्लासको प्रयोगपश्चात् इन्टरनेटमा आफ्ना जिज्ञासा ब्राउज गर्न, गेम खेल्न, भिडिओ हेर्न,  फोटो खिच्न, फोटोलाई जीपिएस ट्याग दिन, आफ्नो आवाजकै भरमा सर्च गर्न, आफ्नो आवाजलाई विभिन्न भाषामा अनुवाद गर्न, माइक्रो फोनको प्रयोग गर्न र अन्य गूगलका सुबिधा प्रयोगगर्न सकिन्छ ।
हाल आफ्ना सिमित प्रयोगकर्तामाझ मात्रै उपलब्ध गूगल ग्लास पूर्ण व्यवसायिकरुपमा सार्बजनिक भएको छैन । यसको मूल्य सन् २०१३ मा ७५० डलरको हाराहारीमा पर्ने अनुमान गरिए पनि हाल आएर बजारका चल्तीका स्मार्ट फोनभन्दा माथी नहुने अनुमान गरिएको छ ।

Tata
GBIME
Nepal Life