रिडीको सेयर चिट्ठामार्फत बाँडफाँड, ६३ हजारले सेयर पाए, पर्नेलाई १० देखि ९४ कित्तासम्म

बिजमाण्डू
२०७० चैत्र १८ गते ००:०० | Apr 1, 2014
रिडीको सेयर चिट्ठामार्फत बाँडफाँड, ६३ हजारले सेयर पाए, पर्नेलाई १० देखि ९४ कित्तासम्म
कसलाई कति पर्‍यो यहाँ क्लिक गर्नुहोस्
काठमाडौं। रिडी हाइड्रोपावरको प्राथमिक निस्कासनको सेयर मंगलबार बाँडफाँड गरिएको छ। आवेदनका आधारमा लगानीकर्तालाई चार समुहमा बिभाजन गरि दुई समुहलाई गोलाप्रथा मार्फत र बाँकी दुई समुहलाई समानुपातिक रुपले सेयर दिइएको हो। आईपिओपछि बाँडफाँड ६३ हजार ९३ जना नयाँ लगानीकर्ता थपिएका कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए।
रिडीमा ५० कित्ता देखि चार सय १० कित्ता आवेदन गर्नेले चिट्ठा मार्फत १० कित्ता सेयर पाएका छन्। चार सय ११ कित्ता देखि पाँच सय कित्ता सम्म आवेदन गर्ने लगानीकर्ता भने भाग्यमानी ठहरिए। उनीहरु सबैले समानुपातिक रुपमा १० देखि ११ कित्ता सेयर पाएका छन्। पाँच सय माथि एक हजार कित्ता सम्म सेयर आवेदन गर्ने लगानीकर्ताले भने गोलाप्रथा मार्फत नै १० कित्ता सेयर पाएका छन्। एक हजार कित्ता भन्दा बढि आवेदन गर्नेहरुलाई भने समानुपातिक रुपले १० कित्ता देेखि ९४ कित्ता सेयर बाँडफाँड गरिएको छ।
कम्पनीले ११ करोड ७० लाख रुपैयाँ बराबरको ११ लाख ७० हजार कित्ता सेयर निस्कासन गरेको थियो। त्यसमा ८२ हजार लगानीकर्ताले १० अर्ब रुपैयाँ बराबरको सेयर माग गरेर आवेदन दिएका थिए। 
उनले लगानीकर्ताले अपेक्षा बमोजिम सेयर नपाएको हुँदा पैसा फिर्ता नलग्नेलाई संस्थापक सेयर समेत दिने बताए। 'यो आइपिओबाट आएको पैसा पिलुवाखोला जलविद्युत आयोजनामा लगानी गर्ने हो' उनले भने 'त्यसका लागि हामीले थप एक अर्ब रुपैयाँ बैंकबाट ऋण लिनु पर्नेछ, लगानीकर्ताबाटै पैसा आयो भने बैंकलाई ब्याज तिर्नुको साटो सेयरधनीलाई छिटो लाभांश खुवाउन सकिन्छ।' संस्थापक सेयर प्रति कित्ता एक सय रुपैयाँमै दिइने उनले जानकारी दिए।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइ सकेको अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मुख्य प्रबद्र्धक रहेको छ । कम्पनीमा प्रबद्र्धकले जारी पुँजीको ५१ प्रतिशत हुने गरि १५ करोड ३० लाख लगानी गरेका छन् भने प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत हुने गरि तीन करोड रुपैयाँको सेयर दिइएको छ । सर्वसाधारणलाई निस्कासन गरिएको सेयर बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी ३० करोड पुग्नेछ । गत असोज मसान्तसम्ममा ७३ लाख ६० हजार मुनाफा गरेको कम्पनीले चालु आर्थिक बर्षमा तीन करोड ८५ लाख ५० हजार खुद मुनाफा कमाउने लक्ष्य राखेको छ ।
   
कसलाई कति पर्‍यो। पूर्ण विवरण http://www.bizmandu.com/ipo#.UzqKw6iSy1U
 

Tata
GBIME
Nepal Life