निक्षेप बढ्दै, कर्जा लगानी भने बढेन्, चैत मध्यसम्म ११ खर्ब २८ अर्ब निक्षेप, रिभर्स रिपोमा दवाव



बिजमाण्डू
२०७० चैत्र २२ गते ००:०० | Apr 5, 2014
काठमाडौं । चैत मध्येसम्म बाणिज्य बैंकसँग निक्षेप बढेर ११ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । चैत दोस्रो सातामा बाणिज्य बैंकहरुको निक्षेप पाँच अर्ब बढ्दा कर्जा भने जम्मा तीन अर्ब रुपैयाँ बढेको छ ।
पछिल्लो एक महिनामा मात्रै निक्षेप २६ अर्बले बढ्दा कर्जा जम्मा पाँच अर्ब मात्रै बढेको छ । निक्षेप बढिरहने तर कर्जा भने घटेपछि बैंकहरु माथि व्याज घटाउन फेरी दवाव थपिएको छ । यस अघि नै बैंकहरुले मुद्दती खातामा दुईदेखि छ प्रतिशतसम्म व्याज दिइरहेका छन् । कर्जाको व्याज पनि अहिले घटिसकेको छ ।
बैंकहरुले घर, गाडि जस्ता कर्जा नौ प्रतिशतमा ल्याएका छन् । बैंकमा निक्षेपको वृद्धि रफ्तार अझ केही समय यस्तै रहन्छ, एक बैंकरले भने । निक्षेप बढ्ने कर्जा नबढे व्याज घटाउन दवाव थपिन्छ, उनले बताए ।

Tata
GBIME
Nepal Life
मिति निक्षेप कर्जा
13/12/2013 1084 795
20/12/2013 1093 797
27/12/2013 1089 798
03/01/2014 1093 802
10/01/2014 1089 806
17/01/2014 1090 821
24/01/2014 1081 823
31/01/2014 1082 826
07/02/2014 1094 827
14/02/2014 1098 831
21/02/2014 1102 833
28/02/2014 1102 837
07/03/2014 1110 839
14/03/2014 1116 839
21/03/2014 1123 839
28/03/2014 1128 842

चैत मसान्त तेस्रो त्रैमासको क्लोजिङ हो, यो बेला बैंकहरुले कर्जा लगानीभन्दा कर्जा उठाउन बढी ध्यान दिन्छन् । सरकारले पनि पुँजीगत खर्च बढाएको छ, यसले चैत मसान्तमा अझ बढी निक्षेप थपिने सम्भावना छ ।
निक्षेप बढेपछि बैंकहरुले अन्तर बैंक कारोवार घटाएका छन् । अन्तर बैंक अहिले झण्डै शुन्य बराबर छ । त्यसको व्याज पनि न्युन विन्दुमा ओर्लिएको छ । केन्द्रिय बैंकले पनि अधिक तरलता व्यवस्थापन गर्न नियमित रिभर्स रिपो गर्दै आएको छ । पछिल्लोपटक चैत १९ गते साढे १९ अर्बको रिभर्स रिपो गरिएको थियो ।
चैत १९ को रिभर्स रिपोका लागि २२ बैंक तथा वित्तीय संस्थाले ४३ अर्ब २३ करोड रुपैयाँको प्रस्ताव केन्द्रिय बैंकलाई बुझाएका थिए । यो रिभर्स रिपोको औषत भारित व्याजदर पनि अघिल्लोभन्दा तल छ । चैत १२ को रिभर्स रिपोमा औषत भारित दर ०.०८४२ रहेकोमा यसपटक ०.०७२० मा रहेको छ । अघिल्लो पटक साढे १९ अर्बकै लागि १९ वटा बैंक तथा वित्तीय संस्थाले १०९ वटा आवेदन गरेकामा यसपटक संख्या २२ मा पुगेको छ भने आवेदन १२७ पुगेको छ ।
उता यही बेला दुई ठूला संस्थागत निक्षेपकर्ता नागरिक लगानी कोष र बीमा संस्थानले पनि अर्बौं रुपैयाँ मुद्दती निक्षेपमा राख्न प्रस्ताव गरेका थिए । अघिल्लो साता नागरिक लगानी कोषले तीन अर्ब रुपैयाँ मुद्दती खातामा राख्न प्रस्ताव मागेको थियो भने बीमा संस्थानले पनि चैत १८ गतेसम्म एक अर्ब १० करोड मुद्दती निक्षेपमा राख्न प्रस्ताव मागेको थियो ।