पिएलओको चार प्रकारका ग्रीज बजारमा, नेपाली बजारको आठ प्रतिशत हिस्सा ओटगेको दावी

बिजमाण्डू
२०७० चैत्र २३ गते ००:०० | Apr 6, 2014
पिएलओको चार प्रकारका ग्रीज बजारमा, नेपाली बजारको आठ प्रतिशत हिस्सा ओटगेको दावी

काठमाडौं । पूर्वान्चल ल्युब आयलले अन्तर्राष्ट्रिय गुणस्तरका ग्रीज नेपाली बजारमा ल्याएको छ । बजारमा बिक्री सुरु गरेको पिएलओका उत्पादनमा एपी ३ (हबग्रीज), एमपी ३ (मल्टिप्रपोजग्रीज), अटोटच ग्रीज, र शिखर ग्रीज(शटर ग्रीज) ¬रहेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । नेपाली लुब्रीकेन्टसमध्ये १ नम्बरमा रहेको पिएलओले नेपाली उत्पादन प्रयोगका लागि आब्हान गर्दै सर्बसाधारण माझ आफ्नो उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय गुणस्तर सरह रहेको दावी गरेको छ ।
१२ बर्ष पहिलेबाट मोरङको बिराटचोकमा उत्पादन युनिट राखी ग्रीजको उत्पादन सुरु गरेको पिएलओले नेपाली ग्रीज बजारमा ३० प्रतिशत हिस्सा ओगटेको दाबी पनि कम्पनीले गरेको छ । कम्पनीले लुब्रिकेन्टस बिक्रीमा आफ्नो आठ प्रतिशत हिस्सा रहेको जानकारी दिएको छ ।
नेपाली उत्पादनमा सबैभन्दा बढि बिक्री हुने पिएलओे लुब्रिकेन्टस नेपालका जुनसुकै स्थानमा पनि उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक भोला दुलालले बताए ।
कम्पनीले इन्ड्रस्ट्रियल तथा अटोमोबाएलमा प्रयोग हुने सबै प्रकारका लुब्रिकेन्टस उत्पादन गरिरहेको छ । पूर्वान्चल ल्युब आयल प्रालिले स्टार र पिएलओ दुइ ब्राण्डमा लुब्रिकेन्टस उत्पादन गर्दै आइरहेको पनि कम्पनीले जानकारी दिएको छ । नेपाल भर ८६ वटा डिस्ट्रिब्युटर रहेको कम्पनीका पाँच हजार रिटेलर रहेको निर्देशक दुलालले बताए ।
दुई सय भन्दा बढिले प्रत्यक्ष रोजगारी दिइरहेको कम्पनीले आफ्नो उद्योगमा प्रयोग हुने कच्चा पदार्थ बेस आयलमा सरकारले १५ प्रतिशत भन्सार लगाइको आपत्ती प्रकट गरे । उनले अन्तर्राष्ट्रिय मान्यताअनुसार बेस आयलमा एक प्रतिशत मात्र भन्सार हुनुपर्ने दावी गरे ।
भन्सार कम गरे नेपाली लुब्रिकेन्टस उद्योग आत्मनिर्भर उन्मुख रहेको र यसले नेपालका उद्योग बच्ने तर्क पनि निर्देशक दुलालले गरे ।

Tata
GBIME
Nepal Life