आईएमईको झण्डा अफ्रीकाको किलिमन्जरोमा, सफल आरोही संजय पण्डितले पुर्याए झण्डा

बिजमाण्डू
२०७० चैत्र २३ गते ००:०० | Apr 6, 2014
आईएमईको झण्डा अफ्रीकाको किलिमन्जरोमा, सफल आरोही संजय पण्डितले पुर्याए झण्डा
काठमाडौं । ईन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) प्रालिको लोगो अंकित झण्डा अफ्रीका महादेशको सर्वोच्च शिखर किलिमन्जरोमा पनि फहराईएको छ । किलिमन्जरोमा झण्डा फहराउने आइएमई नेपालको पहिलो रेमिट्यान्स कम्पनी बनेको छ ।
अल्ट्रा धावक तथा सफल आरोहि संजय पण्डितले चैत्र १७ गते सोमबार बेलुका ५ बजेर २१ मिनेट जाँदा आईएमईको झण्डा किलिमन्जरोमा फहराएका हुन् । ‘रेमिट्यान्स भित्रयाउनमा पहिलो नम्वरमा भएको कम्पनी किलिमन्जरोमा झण्डा फहराउन पनि प्रथम हुनु झनै गौरव र प्रतिष्ठाको कुरा हो । यो रेकर्डसँगै आईएमईले आफनो यात्रामा अर्को इतिहास रचेको छ’ आईएमईका कार्यकारी अध्यक्ष चन्द्र ढकालले भने । उनले  झण्डा किलिमन्जरोमा फहराउने आरोही पण्डितलाई धन्यवाद पनि दिए ।
किलिमन्जरो आरोहणका क्रममा आराही पण्डितले दोस्रो क्याम्प मण्डारादेखि शिखरसम्म पुग्न जम्मा ६ घण्टा १३ मिनेट लगाएका थिए । यो समय दक्षिण एशियाली आरोहीको लागि पहिलो रेकर्ड हो । आरोही पण्डितले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
आईएमईले सेवा सुभारम्भको १२ औ वर्षसम्ममा नेपालका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका दुई हजार सात सय भन्दा बढी शाखा/सवएजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखा मार्फत विदेशबाट नेपालीहरुले पठाएको पैसा छिटो, छरितो र सुरक्षित तवरबाट भुक्तानी गर्दै आएको छ ।
 

Tata
GBIME
Nepal Life