तोसिबाको नयाँ वर्ष अफर, टिभिमा चाँदी, वासिङमेशिनमा आइरन उपहार, एक्सचेञ्जको पनि सुविधा

बिजमाण्डू
२०७० चैत्र २३ गते ००:०० | Apr 6, 2014
तोसिबाको नयाँ वर्ष अफर, टिभिमा चाँदी, वासिङमेशिनमा आइरन उपहार, एक्सचेञ्जको पनि सुविधा

काठमाडौं । तोसिबा ईओएलको आधिकारिक विक्रेता चौधरी ग्रुपले नयाँवर्ष २०७१ को उपलक्ष्यमा  तोसिबा ब्राण्डका विधुतीय घराएसी सामानमा स्योर सट तथा एक्सचेन्ज अफर ल्याएको छ । कम्पनिकाअनुसार स्योर सट अफर अन्तर्गत, ३९ ईन्चको स्र्माट एलईडि टिभिमा लोजिटेक किबोड र वाएरलेस माउस साथै ३२ ईन्च तथा त्यो भन्दामाथिको एलईडि टिभि मा ४० ग्रामको सिल्भर दियो, २९ ईन्चको टिभि मा २५ ग्रामको सिल्भर दियो, २३ र २४ ईन्चको एलईडि टिभिमा टिसर्ट र वासिङ मेसिनमा आइरन प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
त्यसै गरी एक्सचेन्ज अफर अन्तर्गत कुनै पनि ब्राण्डका सिआरटिर एलसिडि र एलईडि टिभिको सट्टामा तोसिबाको २४ देखि ३९ ईन्चसम्मको एलईडि टिभिमा छुट पाउन सकिने कम्पनीले जानकारी गराएको छ । यो योजना चैत्र २३, २०७० देखि सिमित अवधिका लागि मात्र भएको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

Tata
GBIME
Nepal Life