कलस मोबाइलमा निःशुल्क इन्र्टनेट, तीन स्मार्टफोन मोडेलमा सुविधा, एनसेलले सित्तैमा सिम दिने

बिजमाण्डू
२०७० चैत्र २३ गते ००:०० | Apr 6, 2014
कलस मोबाइलमा निःशुल्क इन्र्टनेट, तीन स्मार्टफोन मोडेलमा सुविधा, एनसेलले सित्तैमा सिम दिने

काठमाडौं । कर्लस मोबाइलले एक्स फ्याक्टर सिरिजका लोकप्रिय चार मोडलमा निःशुल्क इन्र्टनेट उपलब्ध गराउने भएको छ । कम्पनीले एनसेलसँग डाटा बण्डलिङ गरेर तीन सय एमबी डाटा निशुल्क उपलब्ध गराउन लागेको हो ।
कलर्सले एक्स फ्याक्टर स्टार ३.५, एक्स ११ र एक्स फ्याक्टर आइडल ३.५ मा तीन महिनाको लागी १२० एमबि इन्र्टनेट निःशुल्क उपलब्ध हुने जानकारी दिएको छ । यो मोबाइलमा एक गिगाहर्जको आन्ड्रोइड प्रोसेसर, डुवल सिम र साढे तीन इन्चको स्क्रिन सुविधा छन् ।
त्यस्तै एक्स फ्याक्टर स्टार ४.० र एक्स फ्याक्टर एक ४५ स्टानमा तीन सय एमबी इन्टरनेट निशुल्क प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । यी दुबै मोवाइल चार इन्चको स्क्रिन भएको उत्क«ष्ट थ्री जी मोबाइल भएको कम्पनीले जानकारी दिएको छ । यो स्किम विशेष गरी एसएलसि र १०+२ को परिक्षा दिएर बसेका विद्यार्थी लक्षित रहेको पनि कम्पनीले जानकारी दिएको छ ।
यो स्किमको प्रयोगले विद्मार्थीहरुले आफ्नै मोबाइल फोनबाट सजिलैसंग इन्र्टनेट चलाउने स्वतन्त्रता पाउने विश्वास कम्पनीले लिएको छ । यो स्किमको लागी निःशुल्क इन्र्टनेट एनसेलले आफ्नो एनसेल लोडेड् क्यामपेनद्वारा प्रदान गर्ने पनि प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
यो क्यामपीयनमा, कलर्जको मोबाइल खरिद र्गदा पाएको भाउचर ल्याउने ग्राहकलाई एनसेलले मोबाइलको मोडल र अफरअनुसार निःशुल्क सिम प्रदान गर्ने पनि जानकारी दिइएको छ । कम्पनीले एक्स फ्याक्टर स्टार ३.५ को मूल्य चार हजार ९९५, एक्सफ्याक्टर आइडल ३.५ को पाँच हजार ६५०, एक्स फ्याक्टर स्टार ४.० को नौ हजार ९९५ र एक्स फ्याक्टर एक्स ४५ स्टारको मूल्य नौ हजार ९९५ रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life